Suvadin, Home

Cover Image

म्याग्दीमा चौध सय जनामा हात्तीपाइलेको जीवाणु फेला पर्यो

म्याग्दीमा करिब एक हजार चार सय जनामा हात्तीपाइले (फाइलेरिया)को जिवाणु फेला परेको छ। औषधि सेवनमा चासो नदिने, जिल्ला बाहिरबाट बसाइँ सराइ गरेका, नदीकिनारा र फोहर ठाउँमा बस्नेहरुमा यो रोगको जिवाणु बढी फेला परेको देखिएको छ। 

म्याग्दी  फागुन २७ - म्याग्दीमा करिब एक हजार चार सय जनामा हात्तीपाइले (फाइलेरिया)को जिवाणु फेला परेको छ। औषधि सेवनमा चासो नदिने, जिल्ला बाहिरबाट बसाइँ सराइ गरेका, नदीकिनारा र फोहर ठाउँमा बस्नेहरुमा यो रोगको जिवाणु बढी फेला परेको देखिएको छ। 

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको जिवाणु जिल्लाको कुल जनसङ्ख्याको एक दशमलव २३ प्रतिशतमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले तथ्याङ्कमा सार्वजनिक गरेकाे छ। जिल्लाको कुल जनसङ्ख्या एक लाख १३ हजार ३१४ छन्। 

सदरमुकाम बेनी, अर्थुङे, ज्यामरुककोट, पिप्ले, भगवती, बाबियाचौर, अर्मनलगायत जिल्लाभरको स्वास्थ्य चौकीमार्फत गतवर्ष औषधि सेवनका क्रममा गरिएको नमुना परीक्षणमा त्यती ठूलो संख्यामा हात्तीपाइलेका जिवाणु भेटिएको डा. रोशन न्यौपानेले बताएका छन। 

सो रोगको जिवाणु भेटिए पनि औषधि सेवन गरेपछि निको हुन्छ उनले बताए। हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले आगामी चैत ५, ६ र ७ गते आठौँ चरणको औषधि खुवाउने कार्यक्रम तय गरिएको छ। जसअन्तर्गत ५ गते वडास्तरमा र ६ र ७ गते छुटेकालाई घरदैलो अभियानमार्फत औषधि खुवाउने कार्यक्रम रहेको छ। 

बेनी नगरपालिका र ३५ गाविसका सबै घरधुरीमा अभियानको पहुँच पुरयाउन स्वास्थ्यकर्मीसहित स्वयम्सेवक गरी करिब एक हजार २०० जना परिचालन गरिनेछ। 

दुई वर्षमूनिका बालबालिका, गर्भवती तथा सात दिनका सुत्केरी, सिकिस्त र छारे रोगका बिरामी, दीर्घरोगी एवम् पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई भने औषधि सेवन गर्न निषेध गरिए पनि लक्षित समुदायले निर्धक्क औषधिको सेवन गर्दा कुनै असर नगर्ने स्वास्थ्यकर्मीको भनाइ छ। रासस


 

More form the Internet

loading...