धुम्रपानरहित दिवस
धुम्रपानबाटै वार्षिक २५ हजारको मृत्यु

काठमाडौँ, जेठ १७- सरकारले धुम्रपान तथा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि वर्षेनी सचेतनामूलक कार्यक्रम गर्दै अाए पनि अझै न्यूनिकरण हुन सकेकाे छैन।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सूर्तिजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला रहेको पाइएको छ।
सूर्तिजन्य पदार्थको कारणबाट वार्षिक २५ हजार मानिस मर्ने अनुमान गरिएको छ। नेपालमा नसर्ने रोगको तथ्यांक ४२ प्रतिशत हुँदा धुम्रपानबाटै वर्षेनि १५ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले २५ हजार नेपालीको मृत्यु हुने गरेको छ । स्वास्थ्य विभागका अनुसार नेपालमा करिब ८३ लाख जनसंख्याले धुम्रपान गर्ने गरेका छन्।
विश्वमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि ७० लाख मानिसले गुमाइरहेका भएपनि भए पनि यसको नियन्त्रणतर्फ ध्यान जान सकेको छैन । सूर्तिजन्य पदार्थको सेवनले असर गर्छ भन्ने जानकारी हुँदाहदै पनि मानिसले त्याग्न नसकेको कारण विश्वमा वार्षिक ७० लाख मानिसको मृत्युहुने गरेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक १० जनामा एक जनाको र प्रत्येक छ सेकेन्डमा एक जनाको सूर्तिजन्य पदार्थको सेवनले मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यस्तै अवस्था रहे सन् २०३० मा ८० लाख मानिसको मृत्यु हुने अनुमान गरेको छ। धुम्रपान तथा मद्दपानको सेवनलाई न्युनिकरण गर्नका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी हरेक वर्ष मे ३१ तारिखमा विश्व धुम्रपानरहित दिवस मनाउने गरिन्छ ।