Suvadin, Home

Cover Image

त्रिविको उपकुलपतिका लागि डा. भगवान कोइरालाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला सिफारिस भएका छन्।  

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला सिफारिस भएका छन्।  

त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि कोइराला सहित तीन जनाको नाम सिफारिश गरिएकोहो । 

उपकुलपति चयन गर्नका लागि गठित सिफारिश समितिले पहिलो नम्बरमै डा. भगवान कोइरालाको नाम सिफारिश गरेको बुझिएको छ।

त्यस्तै, दोस्रो नम्बरमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिश गरेको छ । समितिले हाल निमित्त उपकुलपति रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिश गरेन । 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यकारी निर्देशकसमेत रहिसकेका छन् ।


 

More form the Internet

loading...