Suvadin, Home

स्वास्थ्यका लागि रातोभन्दा सेतो मासु उपयुक्त

नेपालीहरू खानपिनमा सौखिन हुन्छन् । यतिवेला देशमा चाडवाडको सिजन चलिरहेको छ । दसैं आगनीमै छ । नेपालीहरूका लागि दसैंमा झनै खनपिनको महत्व हुन्छ । प्राय हिन्दू धर्मावलम्बीहरूका घरमा दसैंमा मासु पाक्ने गर्छ ।

काठमाडौं । नेपालीहरू खानपिनमा सौखिन हुन्छन् । यतिवेला देशमा चाडवाडको सिजन चलिरहेको छ । दसैं आगनीमै छ । नेपालीहरूका लागि दसैंमा झनै खनपिनको महत्व हुन्छ । प्राय हिन्दू धर्मावलम्बीहरूका घरमा दसैंमा मासु पाक्ने गर्छ ।

मासु दसैंको प्रमुख परिकार जस्तै बनिसकेको छ । दसैं र मासु नेपालीका लागि सस्कार जस्तै पनि बनिसकेको छ । त्यसैले दसैंमा जो कोहीले टन्‍न मासु खाने गर्छन् । तर, दसैंमा खानपानमा ध्यान नदिँदा हामीलाई जटिल प्रकारका स्वास्थ्य समस्या देखा पर्न सक्छन् । यस तर्फ पनि सजक हुन जरुरी छ ।

दसैंमा खानपानमा ध्यान नदिँदा दीर्घ रोगको सम्भावना समेत हुने गर्छ । उच्च रक्तचाप, मुटु, मधुमेह, पित्तथैलीको समस्या तथा अन्य जटिल प्रकारका पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकको जस्ता समस्या देखिन्छ । एकैपटक धेरै मासु खादा स्वास्थ्यमा नराम्रो असर गर्छ ।

त्यसमा पनि रातो मासु खानु झनै स्वास्थयका लागि हानिकारक मानिन्छ । सकेसम्म सेतो मासु खानु रातो मासुको तुलनामा स्वस्थकर मानिन्छ । दसैंमा खाइने रातो मासुले कोलेस्ट्रोरोल बढ्ने र चिल्लो पदार्थ बढेपछि रक्तनली साघुरिँदा हृदयघात, उच्चरक्त चापको सम्भावना बढ्छ । दसैं खानेकुरा बढी खाने हुँदा हामीले खाएको खाना पचाउनसमेत गाह्रो हुन्छ । 

दशैंमा धेरैले खसी र रातो मासु अत्याधिक खाने हुँदा यसमा भएको चिल्लोले शरीरमा कोलेस्ट्रोरोलको मात्र बढ्न गई  उच्च रक्तचाप, हृदयघात हुने सम्भावना बढ्छ । त्यसैले रातो मासु भन्दा सेतो मासु अर्थात् कुखूरा, माछाको मासु खानु उपयुक्त हुन्छ । माछामा चिल्लो कम हुनुको साथै प्रोटिन र भिटामिनजस्ता शरीरलाई आवश्यक तत्त्वहरू प्रशस्त हुन्छन् । माछामा भिटामीन बी, फोस्फोरस, आयोडिन, सेलिनियम, पोटासियम, ओमेघा ३ जस्ता खनिज तत्त्व पाइने हुँदा यसले शरीरलाई आवश्यक पर्ने प्राय धेरै खनिज तत्त्वको पूर्ति गर्छ र स्वस्थकर पनि हुन्छ । 

मुटु र मधुमेह तथा उच्च रक्तचाप भएका मानिसले रातो मासु नखानु नै राम्रो मानिन्छ ।  चिल्लो, पोलेको, धेरै फ्राई गरेको मासु कम खाने दशैंमा धेरै चिल्लो र फ्राइ गरेका खानेकुराले रक्तचाप र मधुमेहका बिरामीलाई असर गर्छ । धेरै फ्राई गरेका खानेकुरा खाँदा फ्राई गर्न प्रयोग गरिएको तेल, घ्यू धेरै बेरसम्म तताउँदा त्यसमा विषालु पदार्थ जम्छ, जसले मुटुलाई निकै हानी पुर्‍याउँछ । 

धेरै दिनसम्म दसैंमा पकाएका खाने कुराहरू बासि राखेर खानु हुँदैन । बरु दसैंमा शरीरलाई फाइदा पुर्‍याउने हरिया सागपात, फलफूल खानुपर्छ । जसले स्वास्थ्यमा असर गर्दैनन् ।


 

More form the Internet

loading...