Suvadin, Home

कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ ।

काठमाडौं । सरकारले आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।

सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणमा ७ सय ५३ वटै पालिकाहरुमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।


 

More form the Internet

loading...