Suvadin, Home

Cover Image

डा. केसीको अनसन पाँचौं दिनमा, स्वास्थ्य जटिल बन्दै

मेडिकल कलेजहरुले विद्यार्थीसंग असुल गरेको बढी रकम फिर्ता लगायतका माग राख्दै डाक्टर गोविन्द केसी पाँच दिनदेखि डडेलधुरा सदरमुकाममा अनशन बसिरहेका छन् ।

डडेलधुरा । मेडिकल कलेजहरुले विद्यार्थीसंग असुल गरेको बढी रकम फिर्ता लगायतका माग राख्दै डाक्टर गोविन्द केसी पाँच दिनदेखि डडेलधुरा सदरमुकाममा अनशन बसिरहेका छन् ।

सोमबारदेखि १७ औं अनशन शुरु गरेका केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपनि उनको माग सम्बोधनका लागि सरकारले अहिलेसम्म चासो देखाएको छैन । चिसोका कारण अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको हो । उनमा रक्तचापको समस्या पनि देखिन थालेको छ । चिकित्सा शिक्षा सुधारमा अभियन्ता केसी डडेल्धुरा अस्पताल नजिकै रहेको निर्मल क्लिनिक रहेको घरको तेस्रो तलाको एउटा कोठामा अनशन बसेका हुन् ।

अनशनस्थलमै अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले भेटेर केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् । केसीको समर्थनमा विभिन्न संघसंस्थाले सदरमुकाममा प्रदर्शनको तयारी समेत गरेका छन् ।


 

More form the Internet

loading...