Suvadin, Home

पर्शुरामका दुई वडामा मलेरियाको जोखिम, १० जना संक्रमित

डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकाका दुई वडामा १० जना मलेरिया रोगका बिरामी भेटिएका छन् । 

डडेल्धुरा । डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकाका दुई वडामा १० जना मलेरिया रोगका बिरामी भेटिएका छन् । 

नगरपालिको ६ र ७ नम्बर वडाबाट बिरामी भएर साँदनी स्वास्थ्य चौकीमा जचाँउन पुगेका व्यक्तिको रगत परीक्षण गर्दा मलेरियाको संक्रमण देखिएको बताइएको छ । 

स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्टोलर सुपरभाईजर हरिप्रसाद भट्टका अनुसार दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोगका बिरामीले निःशुल्क औषधि सेवन गरिरहेका छन् । तर, दुई जनाको स्वास्थ्यमा भने खासै सुधार आएको छैन । 

पाँच दिनदेखि स्वास्थ्यकर्मीको टोली संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठुलागडालगायतका क्षेत्रमा नियन्त्रणका लागि औषधीसमेत छर्किरहेको स्वासस्थ्य संस्थाले जनाएको छ ।

औलो प्रभावित वडा पर्शुराम नगरपालिका ६ का केही बस्तीमा लामखुट्टे नियन्त्रणका लागि कीटनासक औषधि छर्किने काम गरिएको स्वास्थ्य कार्यालय, डडेल्धुराले जनायो ।


 

More form the Internet

loading...