Suvadin, Home

राप्ती अञ्चलमा साउनभित्र रक्त सञ्चार सेवा सञ्चालन गर्ने सहमति

राप्ती अञ्चल अस्पताल बिकास समिति र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङबीच आज सोमबार संबाद समूहको पहलमा सहमति भएको हो। अस्पताल विकास समितिको तर्फबाट अध्यक्ष बिष्णुकुमार देबकोटा र रेडक्रसको तर्फबाट रेडक्रसका जिल्ला अध्यक्ष नारायण आचार्यबीच सहमति जुटेको हो।
छलफल गरिँदै।

सुरेश श्रेष्ठ 
दाङ, जेठ ८– साउन महिना भित्र राप्ती अञ्चल अस्पताल परिसरमा रक्त सञ्चार सेवा सञ्चालन गर्ने गरि सहमति जुटेको छ। 

राप्ती अञ्चल अस्पताल बिकास समिति र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङबीच आज सोमबार संबाद समूहको पहलमा सहमति भएको हो। अस्पताल विकास समितिको तर्फबाट अध्यक्ष बिष्णुकुमार देबकोटा र रेडक्रसको तर्फबाट रेडक्रसका जिल्ला अध्यक्ष नारायण आचार्यबीच सहमति जुटेको हो।

सोमबारको संवाद प्रक्रियामा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले दुई पक्षलाई नजिक ल्याउन प्रयास गरेका थिए। संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरको आयोजनामा गरिएको तुलसीपुरमा रक्त सञ्चार सेवा सञ्चालन बिषयक संबादमा रक्त सञ्चार सेवा सञ्चालनका लागि आवश्यक पर्ने श्रोत व्यवस्थापन अस्पतालले गर्ने सहमति भएको सम्बाद समूहका सहजकर्ता सुशील बस्नेतले जानकारी दिए।

कालीकादेवी रक्त सञ्चार भवन निमार्ण दाता बामदेब शर्मा उपाध्यायले रक्त सञ्चार सेवा सञ्चालनका लागि निर्माण गरिएको उक्त भवन प्रयोगमा ल्याउनपर्ने आग्रह गरे।

अस्पताल विकास समिति र रेडक्रस सोसाईटीले उक्त कालीकादेबी भवनलाई रक्त सञ्चार सेवाको रुपमा प्रयोग गरिने प्रतिबद्धता जनाएका छन् । विगत लामोसमयदेखि अस्पताल परिसरमा रक्त सञ्चार सेवा सञ्चालन गर्ने बिषयमा भई रहेको पहल पटकपटक असफल भएको थियो।

रक्त सञ्चार सेवा सञ्चालनका लागि दाता बामदेब शर्मा उपाध्यायले करोड बढी लगानीमा अस्पतालको हाता भित्र स्वर्गीय श्रीमती कालीकादेबी उपाध्यायको स्मृतीमा ५५ लाखको लागतमा कालीकादेवी रक्त सञ्चार भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गरि सकेका छन्।

२०६५ पुस २१ गतेदेखि सञ्चालनमा आएको राप्ती अञ्चल अस्पताल तुलसीपुर र निजी अस्पतालका बिरामीलाई लाभान्वित हुने उद्देश्यले अस्पताल परिसर भित्र रक्त सञ्चार सेवा सञ्चालन गर्ने तयारी गरिएको थियो।

तर, अस्पतालले आफ्नो स्वामित्वको जग्गा रेडक्रसलाई स्राेत व्यवस्थापनका लागि दिने भनि गरिएको सहमतिमा दुबै पक्ष बीच २०६८ सालदेखि बिबाद चुलिएको थियो । पटक पटकको प्रयास असफल भएपछि बिगत २ महिना अघि संबाद समूहले उक्त विवादको व्यवस्थापनको लागि पहल प्रारम्भ गरेको थियो ।


 

More form the Internet

loading...