Suvadin, Home
Nepal life 2.601M

चितवनमा लियो सप्ताह अन्तरगत ‘स्वस्थ्य सिविर’

जनकपुर आधारभुत विद्यालयमा भएको सिविरमा लियो सप्ताहलाई लछित गर्दै फ्री सुगर र ५० प्रतिशत छुटमा थाईराईडको परिक्षण गरिएको लियो रुपेश भट्टले बताए। त्यस्तै निशुल्क दन्त शिबिर, ओपीडी सेवाका साथै निशुल्क रुपमा विशेषक्षबाट चेकजाँच गराई निशुल्क औषधि वितरण गरिएको उनले बताए। 

चितवन, १६ मंसिर – चितवनमा लियो सप्ताह अन्र्तगत स्वास्थ्य सिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ चितवन, लियो क्लब अफ चितवन पर्सा र केयर पोलि किलिनिकको सयुक्त्त आयोजनामा गरिएको स्वास्थ्य सिविर शनिबार सम्पन्न भएको छ। 

खैरहनी नगरपालिका वडा न. १२ को जनकपुर आधारभुत विद्यालयमा भएको सिविरमा लियो सप्ताहलाई लछित गर्दै फ्री सुगर र ५० प्रतिशत छुटमा थाईराईडको परिक्षण गरिएको लियो रुपेश भट्टले बताए। त्यस्तै निशुल्क दन्त शिबिर, ओपीडी सेवाका साथै निशुल्क रुपमा विशेषक्षबाट चेकजाँच गराई निशुल्क औषधि वितरण गरिएको उनले बताए। 

चिसो बढ्दै गएकाले दाँतमा देखिने समस्या आउने तथा सुगर र थाईराइडको स्रक्रमण बढी हुने भएकाले स्वास्थ्य सिविरको आयोजना गरिएको कार्यक्रम संयोजक प्रभात वाग्लेले बताए। लायन टेकराज अधिकारीको प्रमुख अतिथि रहको कार्यक्रमका लियो जिल्ला परिषद् ३२५ बी २ नेपाल एरिया ३ को प्रमुख अञ्जन चौधरी, तथा अतिथिमा केएर पोलि किलिनिकका प्रोपाइटर भोला चौधरी सहभागी थिए।


 

More form the Internet

loading...