Suvadin, Home

दुरदराजमा सिटामोल पाउन छोडेपछि स्वास्थ्यमन्त्री भावुक, सबैतिर बजेट पठाए

स्वास्थ्य मन्त्रालयकाे पुनर्जागरण महाशाखालार्इ सबै जिल्लाहरुमा आवश्यक रकम पठाउने जिम्मेवारी ताेकिएकाे छ। हालसम्म सरकारले सबै जिल्लामा गरी ५० करोडभन्दा बढी रकम औषधि खरिदका लागि पठाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनका अनुसार यस पटक केन्द्रले किनेको औषधि वैशाखभन्दा अगाडि पाउने सम्भावना छैन। साढे दुई महिना समयका लागि पुग्ने औषधि किन्न पैसा पठाइएको उनले बताए। ‘अपुग पैसा कति पैसा चाहिन्छ, थप पैसा पनि पठाउने तर साढे दुई महिना बजारबाट औषधि किनेर भए पनि अभाव हुन नदिन सबैतिर भनिएको छ,’ मन्त्री थापाले भने।
स्वास्थ्य मन्त्री गगनकुमार थापा।

काठमाडाैं, माघ २० - ‘नि:शुल्क अाैषधि छ? कि छैन?’ देशभरिका जिल्ला अस्पतालहरूमा देखिएको नि:शुल्क औषधि अभाव हटाउन सरकारले सिधै रकम उपलब्ध गराउने प्रक्रिया थालिएकाेबारे जानकारी दिँदै स्वास्थ्य मन्त्री गगनकुमार थापाले अाफ्नाे अाधिकारिक ट्वीटरमार्फत जानकारी दिए। 

‘प्रत्येक दिनजसाे समाचार अाउँछ, फलानाे स्वास्थ्य संस्थामा अाैषधि छैन। म अभारी छु किनकि एकातिर मन्त्रालयले जानकारी पाएकाे छ भने अर्काेतिर तलका निकायमा काम गराउन यसले थप दबाब सिर्जना गरेकाे छ,’ उनले ट्वीटरमा भनेका छन्। गाउँ तथा दुरदराजमा सिटामोल समेत नपाइएको खबरले उनी भावुक बनेका थिए, यही सिटामोललगायत ७० प्रकारका अाैषधि नि:शुल्क वितरण गर्ने सरकारको प्रतिवद्धता हो। 

मिडियाले गरेकाे खबरदारीले अाफूले सरकारले घाेषणा गरिसकेकाे तर कार्यान्वनमा अाउन नसकेकाे उनले उल्लेख गरेका छन्। मिडियाको सकारात्मक प्रयाेगले काम गर्न प्रेरणा मिलेको मन्त्री थापाले अपीलमार्फत् सन्देश दिएका छन्।

जिल्लाका अस्पतालमा देखिएको औषधि अभाव हटाउन सिधै रकम उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रालयले प्रक्रिया थालेको उनले जानकारी दिएका छन्।

अाफूले मन्त्रालय सम्हाल्नुभन्दा पहिलेकाे अवस्थालार्इ चित्रण गर्दै थापाले लेखेका छन्, ‘२०६६ सालमा तत्कालीन सरकारले नि:शुल्क अाैषधि वितरण गर्ने घाेषणा गरेकाे थियाे। त्यसमा १३ जिल्लाका ७० प्राथमिक स्वास्थ्य चाैकीमा ५६ र स्वास्थ्य चाैकीमा ३५ प्रकारका अाैषधि नि:शुल्क हुने घाेषणा गरिएकाे थियाे तर २०७३ काे भाद्र १२ सम्म अाफू स्वास्थ्यमन्त्रीकाे जिम्मेवारीमा अाउँदा समेत त्याे कार्यान्वयन भएकाे थिएन।’

कार्यान्वायन हुन नसक्नुकाे कारण उल्लेख गर्दै थापाले लेखेका भनेका छन्, ‘केन्द्रमा नि:शुल्क अाैषधि किन्ने पैसा पनि छुट्याइएकाे थियाे तर क्षमता र इच्छाशक्तिकाे अभावमा याे कार्यान्वयन हुन सकेकाे थिएन, त्यतिमात्र हैन केन्द्रबाट जिल्लामा समयमा पैसा र अाैषधि समेत गएको थिएन।’ 

थापा अाफू मन्त्रालयमा पुगेपछि घाेषणा भएका नि:शुल्क अाैषधि किन अस्पतालमा पुग्न सकेनन् भनी खोज्न थालेछन्। मन्त्री थापा त्यसकाे प्रमुख कारणका रूपमा सार्वजनिक खरिद एेन, नियमावलीमा समस्या देखिएको निष्कर्षमा पुगे। ‘हामीले त्याे लामो र झन्झटिलो प्रक्रिया भएकाे नियमावलीमा परिवर्तन गरेकाले अबका वर्षमा कुनै समस्या हुँदैन,’ उनले भने। 

स्वास्थ्य मन्त्रालयकाे पुनर्जागरण महाशाखालार्इ सबै जिल्लाहरुमा आवश्यक रकम पठाउने जिम्मेवारी ताेकिएकाे छ। हालसम्म सरकारले सबै जिल्लामा गरी ५० करोडभन्दा बढी रकम औषधि खरिदका लागि पठाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनका अनुसार यस पटक केन्द्रले किनेको औषधि वैशाखभन्दा अगाडि पाउने सम्भावना छैन। साढे दुई महिना समयका लागि पुग्ने औषधि किन्न पैसा पठाइएको उनले बताए। ‘अपुग पैसा कति पैसा चाहिन्छ, थप पैसा पनि पठाउने तर साढे दुई महिना बजारबाट औषधि किनेर भए पनि अभाव हुन नदिन सबैतिर भनिएको छ,’ मन्त्री थापाले भने।

औषधि किन्न सात महिना लाग्ने जटिल प्रक्रिया हटाउन औषधिको सार्वजनिक खरिदको नियमावलीमा परिवर्तन गरिएको उनले बताएका छन्। थापाका अनुसार अब बोल बढाबढ प्रतिस्पर्धा नगराइकन आपतको अवस्थामा पनि जिल्ला अस्पतालले पाँच लाख बराबरको औषधि किन्न सक्नेछन्।

७० प्रकारका औषधि देशभर नि:शुल्क वितरण गर्ने सरकारले घोषणा गरे पनि देशभरि अभाव भएको गुनासो छ। आइन्दा औषधि वितरणलाई प्रभावकारी बनाउन अनुगमन समिति बनाइएको र औषधि खपतको वास्तविकता अभिलेख राखिने संयन्त्र बनाइएको पनि थापाले बताए।

अाैषधि खरिदका लागि कुन जिल्लामा कति रकम पठाइयाे विस्तृतमा हेर्नुहाेस्

 


 

More form the Internet

loading...