Suvadin, Home

सरकारद्वारा अध्यादेश पारित
अब काठमाडौं उपत्यकामा १०  वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने

सरकाले प्रा. डा. गोविन्द केसीको मागअनुरुप चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ।  मन्त्रिपरिषदको सोमबारको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

काठमाडौं, कात्तिक ६– सरकाले प्रा. डा. गोविन्द केसीको मागअनुरुप चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ।  मन्त्रिपरिषदको सोमबारको बैठकले अध्यादेश पारित गर्दै जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

राष्ट्रपतिबाट अध्यादेश जारी भए काठमाडौं उपत्यकामा १० वर्षसम्म कुनै पनि मेडिकल कलेज खोज्न पाइने छैन। यसैगरी, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन पाउने छैन।

सार्वजनिक संस्थाले स्नातकस्तरको कार्यक्रममा सिट संख्याको कम्तीमा ७५ प्रतिशत निशुल्क छात्रवृतिको व्यवस्था गर्नुपर्नेछ। निःशुल्क छात्रवृतिमा पढ्ने विद्यार्थीहरुले सुगममा तीन वर्ष र दुर्गममा चार वर्ष काम गर्ने कबुलनामा पनि गर्नुपर्नेछ। स्नातक र स्नाकोत्तर तहमा तोकिएको कुल संख्याको एक तिहाइभन्दा बढी विदेशी विद्यार्थी भर्ना गर्न पाइने छैन।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार अध्यादेशका केही विषय भने मिलाउन बाँकी छ।   अध्यादेश जारी गर्न सरकारले राष्ट्रपति समक्ष पेस गर्न बाँकी रहेको उनले बताए।

शिक्षा विधेयक अध्यादेशबाट ल्याउने सरकारी प्रतिवद्धतापछि डा. केसीले १३ औं पटक अनशन गत एक गते तोडेका थिए।      


 

More form the Internet

loading...