Suvadin, Home

ड्रिंकपछिको ह्यांगओभर घरमै यसरी हटाउन सकिन्छ...

रक्सी पिएपछि हुने शारीरिक अस्वस्थता जसलाई ह्यांगओभर भनिन्छ, यसबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्छ। ह्यांगओभरले व्यक्तिको स्वास्थ्यलाई असर मात्र पार्दैन दैनिक कामकाज समेत प्रभावित हुनेगर्छ।

काठमाडौं, १७ पुस – मानिसहरु प्राय: चाडपर्व वा कुनै खुसीयालीमा रक्सी पिउने गर्छन्। रक्सी पिउँदा जति मजा आउँछ त्योभन्दा बढी पिए पछिको ह्यांगओभरले हैरानी बनाउने गर्छ।

रक्सी पिउनेहरु पेट पोल्ने, टाउको दुख्ने, वान्ता हुने,रिंगटा लाग्नेजस्ता समस्याबाट ग्रसित हुनेगर्छन्।कतिपय व्यक्ति पाचन क्रियामा गडबड हुनगइ झाडापखालाको मारमा पर्ने गर्छन्।

रक्सी पिएपछि हुने शारीरिक अस्वस्थता जसलाई ह्यांगओभर भनिन्छ, यसबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्छ। ह्यांगओभरले व्यक्तिको स्वास्थ्यलाई असर मात्र पार्दैन दैनिक कामकाज समेत प्रभावित हुनेगर्छ।त्यसैले यस्तो अवस्थामा केही घरेलु विधि अपनाउन सकियो भने छिटै स्वस्थ्य अवस्थामा फर्किन सकिन्छ।

ह्यांगओभर हटाउने केही घरेलु विधि यस्ता छन् :

- कागती, सुन्तला वा अंगुरको जुस प्रशस्त मात्रामा पिउनुपर्छ।यसमा भिटामिन र एन्टीअक्सिडेन्ट तत्वको मात्रा अधिक हुने भएकाले पिएको एक घन्टामै ह्यांओभर हट्छ।

-अमिलोखालका फलफूलको जुस पिउनुपर्छ।टाउको दुखेको छिटो ठिक हुन्छ।

- दही खानु पर्छ। तर गुलियो दही भने खानु हुँदैन।

-तातो दूध पिउने।

-नरिवलको पानी पिउँदा यसले छिटो ह्यांओभर हट्छ।यसका साथै खानामा लसुनको मात्रा बढाउनुपर्छ।

-अदुवा राखेको कालो चिया पिउने।

-गर्मी पानीले नुहाउँदा आराम महशुस हुन्छ।अथवा वाफ लिन सकिन्छ।

-प्रशस्त मात्रामा पानी पिउने।

-उसिनेको अण्डा खाने। एजेन्सीको सहयोगमा


 

More form the Internet

loading...