Suvadin, Home

चर्को आवाजले हृदयघात

महोत्तरीको सुगा गाउँमा डिजे बाजाको चर्को ध्वनीका कारण एक बालकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका – १५ का १२ वर्षीय अमिरुल अन्सारीको मृत्यु भएको हो।

गौशाला, माघ २६ - महोत्तरीको सुगा गाउँमा डिजे बाजाको चर्को ध्वनीका कारण एक बालकको मृत्यु भएको छ। जलेश्वर नगरपालिका – १५ का १२ वर्षीय अमिरुल अन्सारीको मृत्यु भएको हो।

सोमबार राति गाउँमा दुईवटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेको बेला हेर्न घरबाहिर निस्केका अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताए।

डिजे बाजाको चर्को आवाज सुनेर बेहोस भई घर अगाडि लडेका  अन्सारीलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। रासस


 

More form the Internet

loading...