Suvadin, Home

विद्यालयको प्रवेशद्वार र स्तम्भ निर्माणमा सहयोग

कृष्णादेवी माध्यमिक विद्यालय रामपुर भलायटार पाल्पाको विद्यालयको प्रवेशद्वार निर्माणका लागि दुई लाख ५५ हजार सहयोग प्राप्त भएको छ। रामपुर नगरपालिका गाडाँकोट बस्ने डुकबहादुर थापाले हालै सो रकम सहयोग गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले विद्यालयलाई भौतिक पूर्वाधारमा विकास गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताएका छन्। 
भूकम्प प्रभावित क्षेत्रमा अध्ययनरत विद्यार्थी।

पाल्पा, चैत १६ – कृष्णादेवी माध्यमिक विद्यालय रामपुर भलायटार पाल्पाको विद्यालयको प्रवेशद्वार निर्माणका लागि दुई लाख ५५ हजार सहयोग प्राप्त भएको छ। 

रामपुर नगरपालिका गाडाँकोट बस्ने डुकबहादुर थापाले हालै सो रकम सहयोग गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले विद्यालयलाई भौतिक पूर्वाधारमा विकास गर्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताएका छन्। 

यस्तै, विद्यालयमा हालै स्व. जगतबहादुर थापाको स्मृतिमा निर्माण भएको स्वर्ण स्तम्भका लागि प्रधानाध्यापक महेन्द्रराज थापाले एक लाख १२ हजार पाँच सय रूपैयाँ रकम सहयोग गरेका छन्।

साथै, प्रध्यानाध्यपक थापाले आफ्ना बुबा स्व. जगतबहादुरको स्मृतिमा विद्यालयमा रु ८२ हजार बराबरको अक्षयकोष रकम स्थापना गरेका छन्। उक्त रकम गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने प्रअ थापाले बताए।रासस


 

More form the Internet

loading...