Suvadin, Home

पाल्पामा ३ सय १७ एचआइभी संक्रमित फेला

संक्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी अाउने गरेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ। जिल्लाको मिसन अस्पतालबाट संक्रमितले निःशुल्क एआरटी सेवा लिइरहेकाे र जिल्लामा करीब ४१ जना एचआइभी संक्रमित खुलेर हिँड्ने गरेका छन्। 
सांकेतिक तस्वीर

बेझाड, पाल्पा, ४ मंसिर – पाल्पा जिल्लामा ३ सय १७ जनामा एचआइभी संक्रमित फेला परेकाे छ। आर्थिक वर्ष २०७४–७५ मा ११ पुरुष, ९ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना संक्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताएका हुन्। 

संक्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी अाउने गरेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ। जिल्लाको मिसन अस्पतालबाट संक्रमितले निःशुल्क एआरटी सेवा लिइरहेकाे र जिल्लामा करीब ४१ जना एचआइभी संक्रमित खुलेर हिँड्ने गरेका छन्। 

विभिन्न लाञ्छनाका कारणले समाजमा संक्रमित बिरामी खुल्न हिचकिचाउने गरेको त्यस्तै सङ्ख्यागत हिसाबले खुल्नेको सङ्ख्या जिल्लामा न्यून रहेपनि विगतका वर्षको तथ्याङ्कलाई हेर्दा अहिले समाजमा खुल्नेको सङ्ख्यामा सुधार रहेको अस्पतालले जानकारी दिएको छ।


 

More form the Internet

loading...