Suvadin, Home

एक वर्षमा ७१ हजार विरामीको उपचार

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आर्थिक वर्ष २०७२-०७३ मा अस्पतालबाट ७१ हजार बिरामीको स्वास्थ्य उपचार गरेको छ।
राप्ती उपक्षेत्रीय अस्पताल।

काठमाडौं, जेठ २६– राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आर्थिक वर्ष २०७२-०७३ मा अस्पतालबाट ७१ हजार बिरामीको स्वास्थ्य उपचार गरेको छ।
अस्पतालले ओपिडिबाट ७१ हजार ८ सय ९३ जनाले स्वास्थ्य उपचार गराएको जानकारी दिएको हो। अस्पतालको इमरजेन्सीमा २६ हजार ३ सय ७१ जना बिरामीले उपचार गराएका छन् भने ४ सय १७ जनाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि रिफर गरिएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट जनाद्र्धन पन्थीले पछिल्लो समयमा अस्पतालबाट रिफर हुने बिरामीको संख्यामा कमी आएको बताए।

चालु आर्थिक वर्षको बैशाख सम्म २१ सय ८८ जनालाई लक्षित वर्गको निःशुल्क उपचारअन्तर्गत सामाजिक सुरक्षा ईकाईबाट सेवा लिएको जानकारी दिए। उनले भर्खरै सुरु गरिएको डायलासिस सेवा प्रभावकारी हुँदै गएको र अहिले अस्पतालमा ९ जनाले नियमित उपचार भइरहेको पनि बताए।

दुर्घटनामा घाइते भएर आउने बिरामीहरुको सन्दर्भमा आकस्मिक उपचार कोष निर्माणको तयारी गरिएको भन्दै निमित्त मेसु डा.पन्थीले अस्पतालबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएको उपक्षेत्रीय अस्पताललाई पाँच वर्षभित्र पाँच सय वेडमा पुर्याउने लक्ष्य रहेको बताए।


प्रस्तावित अस्पतालको मल्टिकम्पलेक्स भवन र स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको नक्साङ्कन देखाउँदै उनले अस्पताल सुधारका लागि आफूले केही काम गरेर देखाएको दावी गरे। 
 


 

More form the Internet

loading...