Suvadin, Home

स्मरण शक्ति कसरी बढाउने !

मानिसको उमेर बढ्दै जाँदा स्मरण शक्ति बिस्तारै कमजोर बन्दै जान्छ । विकासक्रमको अनुसार व्यक्तिको उमेर ढल्दै जाँदा खासगरी वृद्ध अवस्थामा स्मरण शक्तिमा ह्रास हुनु स्वाभाविक हो । मानिसको सम्पूर्ण ज्ञान, सीप, विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै कुरा स्मरण शक्तिमा निर्भर रहन्छ ।

स्मरण शक्तिविना मानिसको सम्पूर्ण अनुभव निरर्थक हुन्छ । विभिन्न मनोवैज्ञानिकहरूका अनुसार व्यक्तिको स्मरण शक्तिको गहिरो सम्बन्ध उसको इच्छा, चाहना तथा रुचिसँग रहेको हुन्छ । एकाग्रतामा कमी भएपछि व्यक्ति कुनै पनि क्रियाकलापहरू जस्तै पढ्न, लेख्न, कुनै नौलो कुरा सिक्न, हिसाब गर्न, राम्ररी सक्दैनन् ।

बिर्सिने रोग

स्मृतिका तीन क्रियाहरू हुन्छन्– अङ्कन (एन्कोडिङ), धारणा (रिटेन्सन) तथा पुनःस्मरण (रिकल) मा कुनै त्रुटि भएमा स्मरण शक्ति कमजोर हुन्छ । स्मृतिलोपलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ ।

(१) सामान्य विस्मृति : उमेर ढल्कँदै गएमा मानिसको स्मरण शक्ति पनि केही मात्रामा घट्दै जान्छ । यसले मानिसको दैनिक जीवनमा खासै असर गर्दैन ।

(२) बिर्सने रोग (एम्नेसिया) : यस्तो रोग लागेको व्यक्तिले आफ्नो नाम, ठेगाना, बार, गाउँ आदिजस्ता कुराहरू बिर्सन सक्छ ।

बिर्सिने रोगका लक्षण

यस रोगको लक्षणमा कसैको नाम ठेगाना बिर्सिनु । केही दिनअगाडि भए–गरेका कुराहरू बिर्सिनु । पढेका, देखेका, सुनेका कुराहरू याद नआउनु । कुनै ठाउँमा सामान राखेर बिर्सिनु । नयाँ कुराहरू जस्तै : भाषा, सङ्गीत, गायन, नृत्य, अभिनय कला आदि सिक्न गाह्रो हुनु । पढेर याद राख्ने इच्छा नहुनु । कुनै पनि कुरा एकपटक भन्दा नबुझ्नु, अरुचि, आलस्य, चिडचिडापन, निराशाको भाव, घबराहट आदि हुन्छ ।

बिर्सने कारण

प्रख्यात मेमोरी विज्ञ एवम् अनुसन्धानकर्ता मनोविद् डा. एलिजावेथ लोफ्टसका अनुसार बिर्सनुका चारवटा मुख्य कारण हुन्छन् । उनले उल्लेख गरेअनुसार –

(१) स्मृति पुनःप्राप्तिमा असफलता

के तपाईंले कहिल्यै यस्तो महसुस गर्नुभएको छ कि केही जानकारी तपाईंको सम्झनाबाट हराइसकेको छ ? वा हुन सक्छ, तपाईंलाई थाहा छ, यो त्यहाँ छ । तर, तपार्इंले यो फेला पार्न सक्नुहुन्न । एक स्मृति पुनः प्राप्त गर्न असमर्थता बिर्सनुको सबैभन्दा साधारण कारणहरूमध्ये एक हो । यस सिद्धान्तका अनुसार, प्रत्येकचोटि नयाँ सिद्धान्त गठन हुँदा मेमोरी ट्रेस सिर्जना हुन्छ । क्षय सिद्धान्तले सुझाव दिन्छ कि समयको साथ, यी मेमोरी ट्रेसहरू फिका र हराउन थाल्छन् । यदि जानकारी पुनः प्राप्त र पूर्वाभ्यास गरिएको छैन भने यो अन्ततः हराउनेछ ।

(२) हस्तक्षेप

अर्को सिद्धान्त हस्तक्षेप सिद्धान्त हो । केही सम्झनाहरू प्रतिस्पर्धा र अन्य सम्झनाहरूसँग हस्तक्षेप । जब जानकारी अन्य जानकारीसँग धेरै मिल्दोजुल्दो छ, जुन पहिले मेमोरीमा भण्डार गरिएको थियो, हस्तक्षेप हुने बढी सम्भावना हुन्छ । दुईवटा आधारभूत प्रकारका हस्तक्षेपहरू हुन सक्छन् । 

पूर्व अधिग्रहण हस्तक्षेप तब हुन्छ, जब नयाँ अधिग्रहीत जानकारी पुरानो सम्झनामा हस्तक्षेप गर्छ । सक्रिय हस्तक्षेप तब हुन्छ, जब पुरानो जानिएको जानकारीले नयाँ यादहरू बनाउन कठिन बनाउँछ ।

(३) भण्डारण गर्न असफल

एन्कोडिङ विफलताले कहिलेकाहीँ सूचना लामो अवधि मेमोरीमा प्रवेश गर्नबाट रोक्छ । कहिलेकाहीँ, सूचना गुमाउनु भनेको बिर्सनुको साथै कम र अधिक गर्न यो तथ्य हुन्छ कि यसले यसलाई कहिल्यै लामो अवधिक मेमोरीमा पहिलो स्थानमा बनाउँदैन ।

(४) बिर्सन प्रेरित भएर बिर्सने

कहिलेकाहीँ हामी सक्रिय रूपमा सम्झनाहरू बिर्सने गर्छौं । विशेषगरी ती दुःखद वा कष्टदायी घटनाहरू वा अनुभवहरू, पीडादायी सम्झनाहरू निराश र चिन्ताजनक हुन सक्छ । त्यसैले कहिलेकाहीँ हामी यसलाई मेटाउन चाहन्छौँ ।

स्मरण शक्ति बढाउन के गर्ने ?

(१) खानपानमा ध्यान दिने
(२) नियमित शारीरिक व्यायाम
(३) सकारात्मक सोच
(४) पर्याप्त निद्रा
(५) ध्यान
(६) सानै उमेरदेखि मानसिक गतिविधिको उच्चस्तर राख्नुहोस्
(७) शिक्षा विस्तार गर्नुहोस्
(८) धूमपान छाड्नुहोस्
(९) राम्रो सम्बन्ध स्थापित गर्नु

 


 

More form the Internet

loading...