Suvadin, Home

एक्सरे र इसिजी मेसिन प्रयोगविहीन

झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रका एक्स–रे मेसिन लगायतका उपकरण सञ्चालनमा नआएपछि सेवाग्रही मर्कामा परेका छन्। एक्स–रे र ईसीजी मेसिन संचालन गर्ने प्राविधिक अभाव छ। केन्द्रमा उपचार गर्न आएका विरामी रित्तो हात फर्किन बाध्य छन्।
एक्स-रे मेसिन ।

झापा, चैत १३ – झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रका एक्स–रे मेसिन लगायतका उपकरण सञ्चालनमा नआएपछि सेवाग्रही मर्कामा परेका छन्। एक्स–रे र ईसीजी मेसिन संचालन गर्ने प्राविधिक अभाव छ। केन्द्रमा उपचार गर्न आएका विरामी रित्तो हात फर्किन बाध्य छन्।

सञ्चालनमा ल्याउन नसक्दा ती उपकरणहरु कवाडी बन्दै गएको केन्द्रले जनाएको छ। प्राविधिकहरुको अभावमा एक्स–रे मेसिन, ईसिजी मेसिन लगायतका उपकरणहरु कवाडी बन्न गएको स्वास्थ्य केन्द्रका ल्याव टेक्नेसियन हेमराज बोहोराले स्विकारेका छन्।

भारतसँग सिमा जोडिएको झापाको पश्चिम दक्षिणी क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रमा करिब ५ वर्ष अघि नै खरिद गरिएका एक्स–रे मेसिन लगायतका उपकरणहरु प्राविधिक नभएका कारण संचालनमा आउन नसकेका हुन्।

स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गर्ने उपकरणहरु वर्षौंदेखि स्टोर कोठामा थन्किँदा आफूहरुले महँगो रूपैयाँ खर्च गरेर उपचार गर्न बाध्य हुनु परेको स्थानीयबासीको गुनासो छ। उनीहरुले महँगो अस्पताल धाउँदा सास्ती व्यहोर्नु परेको बताएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालयले उपकरणहरू सञ्चालनमा ल्याउन चासो नदिएको पनि स्थानीयकाे गुनासाे छ। पाँच वर्षअघि एक्स–रे मेसिन तत्कालीन खजुरगाछी र गौरीगञ्ज गाउँ विकास समितीले स्थानीयलाई सेवा दिने उद्देश्यले ४ लाख लागतमा खरिद गरेको थियो। ईसीजी मेसिन स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखाबाट प्राप्त भएको थियो।


 

More form the Internet

loading...