Suvadin, Home

कलंकी–खसीबजार अण्डर पासः दुई सातापछि हट्दै छ सवारी जाम

करिब दुई सातापछि ‘अण्डर पास’ खुला हुने कलङ्की–कोटेश्वर सडक निर्माणमा समन्वय गरिरहेको चक्रपथ सुधार योजनाले बताएको छ। आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी रहेको योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिएका छन्। कालोपत्र बाँकी रहँदा नै यो खुला गर्ने योजना रहेको शर्माले उल्लेख गरेका छन्।
कलंकी खसीबजार अण्डर पास।

काठमाडाैं, ७ भदौ – कलंकीको जाम हटाउने समाधानका रुपमा हेरिएको कलंकी–खसीबजार ‘अण्डर पास’ को काम अन्तिम चरणमा पुगेको छ। 

करिब दुई सातापछि ‘अण्डर पास’ खुला हुने कलङ्की–कोटेश्वर सडक निर्माणमा समन्वय गरिरहेको चक्रपथ सुधार योजनाले बताएको छ। आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी रहेको योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिएका छन्। 

कालोपत्र बाँकी रहँदा नै यो खुला गर्ने योजना रहेको शर्माले उल्लेख गरे। उनले भने – ‘सडक छेउमा बोर्ड राख्नेलगायतका केही काम सकाएर एक÷दुई सातापछि खुला हुनेछ।’ 

निर्माण कम्पनीले आगामी मङ्सिरसम्ममा कामसक्ने योजना बनाएको छ। आठ लेन सडकमध्ये माथि मुख्य सडकमा चार र सहायक सडकमा पर्ने ‘अण्डर पास’ मा चार लेन छन्। मुख्य लेनमा पनि दुई तह नै कालोपत्रे गर्न बाँकी छ। उनले भने, ‘सडकमा एकातिरको लेन सञ्चालन गरेर अर्कातिर काम गर्दै आएका छौं। 

कोटेश्वर–कलंकी सडक निर्माणको कामको ९७ प्रतिशत काम सकिसकेको हो। ‘अण्डरपास सडक’ नेपालका लागि पहिलो हो। उपत्यकाको सबैभन्दा बढी सवारी चाप रहेको कलंकीलाई व्यवस्थापन गर्न यो सडकले सहयोग गर्ने विश्वास गरिन्छ। 

‘अण्डर पास’ निर्माण अरु सडकका तुलनामा महँगो पर्ने इञ्जिनीयर शर्मा अर्यालले बताए। उनले भने – ‘अण्डर पास निर्माणका लागि मात्रै कति खर्च भयो भन्ने यकिन नभए पनि तुलनात्मक रुपमा बढी लगानी परेको छ।’ प्रविधि र लगानी दुबै हिसाबले अण्डर पास निर्माण कठिन छ। 

जम्मा १० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी संघलाई कन्सट्रक्सन ग्रुपले गरिरहेको छ। सडकमा फुटपाथ, ट्राफिक सङ्केत र पेन्टिङको काम बाँकी रहेको समूहले बताउँदै आएको छ। 

चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो। भूकम्प र नाकाबन्दीका कारण काम त्यो वर्ष काम ठप्प भएकाले एक वर्ष अवधि थप भएको थियो।


 

More form the Internet

loading...