Suvadin, Home

मुलुकमा ४० प्रतिशत जनता विद्युतकाे पहुँचबाट टाढा छन्ः ऊर्जामन्त्री

मिडिया नेपाल कञ्चनपुरले अाइतबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिएका छन्। 
फाइल तस्वीर

कञ्चनपुर, २८ माघ – उपप्रधान एवम् ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्धुत्य पहुँचबाट टाढा रहेको बताएका छन्। 

मिडिया नेपाल कञ्चनपुरले अाइतबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिएका छन्। 

आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले प्रदेश नम्बर–७ मा जलविद्युत्को अथाह सम्भावना रहेको जानकारी दिएका छन्।

'नौ महिनाभित्र अपर तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुँदैछ।' उपप्रधानमन्त्री थापाले भने, 'शनिबार उद्घाटन गरिएको चमेलिया जलविद्युत् आयोजना प्रदेश नम्बर–७ मा अहिलेसम्मको ठूलो आयोजना हो।' 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान एवम् ऊर्जामन्त्री थापाले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार खडा नगर्नु ठूलो गल्ती भएको बताएका छन्। 'प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा हामीले पाँच क्षेत्रमा मात्रै उम्मेदवारी दियौँ।' उनले भने, 'उम्मेदवार नभएका कारण पनि समानुपातिकमा मत आएन।' 


 

More form the Internet

loading...