Suvadin, Home

Cover Image

मापदण्ड विपरीत निर्माण कार्य रोक्ने सहमति

कञ्चनपुरका राजनीतिक दलहरुले महेन्द्रनगर नगर विकास समितिको जग्गामा मापदण्ड विपरित निर्माण गरिएका संरचनाको निर्माण कार्य रोक्न सहमति जनाएका छन्। नगर विकास समितिमा बुधबार बसेको सर्वदलीय बैठकले नगर विकासको जग्गामा निर्माणधिन मापदण्ड विपरित संरचना तत्काल रोक्ने निणर्य गरेको हो।
कञ्चनपुरमा निर्माणाधीन एक घर।

मदन गिरी, महेन्द्रनगर, १० असोज – कञ्चनपुरका राजनीतिक दलहरुले महेन्द्रनगर नगर विकास समितिको जग्गामा मापदण्ड विपरित निर्माण गरिएका संरचनाको निर्माण कार्य रोक्न सहमति जनाएका छन्।

नगर विकास समितिमा बुधबार बसेको सर्वदलीय बैठकले नगर विकासको जग्गामा निर्माणधिन मापदण्ड विपरित संरचना तत्काल रोक्ने निणर्य गरेको हो।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बैठक बसेको बैठकले उक्त निणर्य गरेको हो  बैठक लगतै नगर प्रमुख विष्ट सहित राजनीतिक दलका नेताहरुले प्रशासन कार्यालय पुगेर सर्वदलीय निर्णयबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका  थिए। 

नगर विकास समितिका सूचना अधिकारी पुष्पराज भट्टले सर्वदलीय बैठकबाट ऐन कानुन प्रक्रिया मिचेर निर्माण गरिएका संरचनाको निर्माण रोक्न निर्णय गरिएको बताए । 
सर्वदलीय बैठकले २०७४ असोज ९ गतेको निर्णयका आधारमा मापदण्ड विपरितको निर्माण कार्य रोक्का गर्ने निर्णय गरेको हो ।

भीमदत्त नगरपालिका नगर विकास समितिमा पदेन सदस्य छ । नगर प्रमुख विष्टले नगर विकास समितिको जग्गा कब्जा गरी निर्माण थालिएका अवैध संरचनाले नगरको संरचना बिग्रिन भएकाले सर्वदलीय बैठक गरी संरचना निर्माणको पहल गरेका बताईएको छ। 


 

More form the Internet

loading...