Suvadin, Home

कर्णाली प्रदेशमा स्वास्थ संस्थामा सुत्केरी हुँदा ४८ सय प्रोत्साहन भत्ता

कर्णाली प्रदेशका महिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा ४ हजार ८ सय भत्ता पाउने भएका छन् ।

सुर्खेत । कर्णाली प्रदेशका महिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा ४ हजार ८ सय भत्ता पाउने भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले यातायात बापत २ हजार र चार पटक गर्भ जाँच गरे बापत ८ सय संघीय सरकारले उपलब्ध गराउँदै आएकोमा अब प्रदेश सरकारले स्वास्थ्य संस्थामा प्रसुती हुने महिलालाई पोषण बापत थप २ हजार रकम दिने भएको छ ।

यसरी सुत्केरी महिलाले पाउने रकम ४ हजार ८ सय पुगेको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले गत मंसीर महीनादेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषण बापतको रकम बढाएको हो ।

कर्णालीका अधिकांश महिलाले अहिले पनि घरमै बच्चा पाउने गरेका छन् । जसले आमा र बच्चा दुबैको स्वास्थ्यमा जोखिम हुन्छ । त्यसको समाधानका लागि प्रदेश सरकारले उक्त नीति ल्याएको जनाएको छ ।


 

More form the Internet

loading...