Suvadin, Home

मेरिटमा परेका पाखा लगाउँदै मेरिटमा नपरेकालाई चर्को शुल्कमा भर्ना
एमबिबिएस भर्नामा काठमाडौं मेडिकल कलेजले ४८ लाख रुपैयाँ माग्यो

‘मेरो अरू कुरा सुन्छन्, तर चिकित्सा शिक्षासँग सम्बन्धित सबै कुरा बेवास्ता गर्छन्,’ रामप्रसादले भने। उनले उदाहरण दिन थाले। ‘काठमाडौं मेडिकल कलेजले वर्षको एक लाखको हिसाब देखाउँदै होस्टलमा बसेको पाँच वर्षको एकमुष्ट पाँच लाख रुपैयाँ भर्नाकै बखत माग्यो,’ उनले भने। 
काठमाडाैं मेडिकल कलेज।

खिलानाथ ढकाल, काठमाडौं, पुस ९ 


राजधानीमै घर भएका रामप्रसाद (परिवर्तित नाम) एमबिबिएस भर्ना हुन काठमाडौं मेडिकल कलेज पुगे।

एमबिबिएस पढ्ने ठूलो सपना बोकेका रामप्रसाद उक्त कलेज पुगेपछि त्यहाँको कलेज प्रशासनले भर्ना शुल्क देखेर झस्किए। उनले सोचेका रहेछन्, मेरिटमा नाम निस्किएकाले सरकारले तोकेकै शुल्कमा पढ्न पाइएला। 

कलेजले शुल्कको विवरण उपलब्ध गरायो, त्यो हेरिसकेपछि उनी निष्कर्षमा पुगे, गरिबका छोराछोरीलाई एमबिबिएस पढ्न निकै गाह्रो रहेछ।

‘केयु र टियुको कलेजमा भर्ना गर्नै सकिएन अति नै बढी पैसा भएर,’ उनले भने। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्ट्रान्स दिएका उनी अहिले रिजल्ट कुरिरहेका छन्। तर, त्यहाँ यसअघिको एमबिबिएस इन्ट्रान्स परीक्षामा व्यापक धाँधली भएपछि परीक्षा नै रद्द गरिएको थियो। 

दोहोर्याएर परीक्षा भएको ठाउँमा के होला के होला उनी विश्वासिलो बन्न सकेका छैनन्, पाटनप्रति।  

काठमाडौं मेडिकल कलेजमा झेलेको दुःखबारे उनले हेल्लो सरकारलगायत अन्य सरकारी निकायहरू नगुहारेका हैनन्, तर ती सबै निकायले एमबिबिएस भर्नाबारे सुन्नै चाहेनन्।

‘मेरो अरू कुरा सुन्छन्, तर चिकित्सा शिक्षासँग सम्बन्धित सबै कुरा बेवास्ता गर्छन्,’ उनले भने। 

उनले उदाहरण दिन थाले। 

‘काठमाडौं मेडिकल कलेजले वर्षको एक लाखको हिसाब देखाउँदै होस्टलमा बसेको पाँच वर्षको एकमुष्ट पाँच लाख रुपैयाँ भर्नाकै बखत माग्यो,’ उनले भने। 

‘कलेजबाट नजिकै घर छ,’ उनले मेडिकल कलेजको भर्ना शाखामा भने, ‘किन बस्ने होस्टल?’

कलेजले भन्यो, ‘होस्टल बस्नैपर्ने कलेजको नियम हो।’

रामप्रसादले काठमाडौं मेडिकल कलेजमा मात्र यो समस्या भोगेका भने हैनन्। उनी मणिपाल मेडिकल कलेज पुगेछन्, मणिपालले ५० लाखभन्दा बढी पैसा माग्यो। उनी चितवन मेडिकल कलेज पुगेछन्, उसले ५२ लाख माग्यो। यी सबै व्यहोरेपछि उनलाई चिकित्सा शिक्षाप्रतिको आकर्षण नै घटेर गयो। तथापि, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्ट्रान्स रिजल्ट कुरिरहेका छन्। 

‘मेरिटमा नाम निकाल्दा पनि सरकारले तोकेको शुल्कमा पढ्न नपाउने?,’ उनले प्रश्न गरेका छन्। 

यो समाचारका काल्पनिक पात्र रामप्रसादको नाम यो सूचीमा समावेश छ। 


रामप्रसादलाई काठमाडौं मेडिकल कलेजले एक दिनको मात्र समय दियो। त्यो समयभित्र एमबिबिएसको पाँच वर्षको सबै रकम रामप्रसादलाई बुझाउन भनियो। 

‘एक दिनमै मैले ४८ लाख रुपैयाँ कहाँबाट ल्याउने, मेरो सामथ्र्य पुगेन, त्यसकारण मैले काठमाडौं मेडिकल कलेजबाट बाहिरिनुपर्यो,’ रामप्रसादले भने। 

किस्ट मेडिकल कलेजमा पनि पुगेछन् उनी। किस्टले मेरिटमा परेको विद्यार्थी हो भन्ने थाहा पाएपछि भन्यो, ‘भर्ना शुल्कको योजना बनाएको छैन, अहिले यता हुँदैन।’ 

‘मेरिटमा परेको विद्यार्थी भएकैले भर्नामा यति समस्या भोगेको हुँलाजस्तो लाग्यो,’ रामप्रसाद भन्छन्, ‘किनभने मेरिटलाई सरकारले तोकेको शुल्कमै भर्ना गराउनुपर्ने नियम छ, मेडिकल कलेजले अहिले मेरिटमा नपरेकालाई भर्ना गरिरहेका छन्।’

रामप्रसादलाई काठमाडौं मेडिकल कलेजले शुल्कको यस्तो लिष्ट देखाएको थियो। जसमा होस्टल शुल्क समेटिएको छैन। एमबिबिएसको शुल्क ४३ लाख ९ हजारमात्र उल्लेख छ।

रामप्रसादले काठमाडौं मेडिकल कलेजमा मात्र यो समस्या भोगेका भने हैनन्। उनी मणिपाल मेडिकल कलेज पुगेछन्, मणिपालले ५० लाखभन्दा बढी पैसा माग्यो। उनी चितवन मेडिकल कलेज पुगेछन्, उसले ५२ लाख माग्यो। 

यी सबै व्यहोरेपछि उनलाई चिकित्सा शिक्षाप्रतिको आकर्षण नै घटेर गयो। तथापि, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्ट्रान्स रिजल्ट कुरिरहेका छन्। 

‘मेरिटमा नाम निकाल्दा पनि सरकारले तोकेको शुल्कमा पढ्न नपाउने?,’ उनले प्रश्न गरेका छन्। 

विगतमा चर्को शुल्क तिरेर भर्ना भए पनि यसपालि विद्यार्थी एमबिबिएसरबिडिएसमा सरकारले तोकेको शुल्कमा पढ्न चाहेका छन्। सरकारले राजधानीमा एमबिबिएस शुल्क ३८ लाख ५० हजार, राजधानीबाहिर ४२ लाख ४५ हजार र बिडिएसमा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ तोकेको छ।

चिकित्सा शिक्षा सुधार अभियानमा सक्रिय डाक्टरहरूले सरकारले तोकेको शुल्कभन्दा बढी तिरेर भर्ना नहुन विद्यार्थीलाई अनुरोध गरेका छन्। ‘अहिले जसरी पनि डाक्टर बन्छु भनेर बढी पैसा तिर्न तयार भएका विद्यार्थीले डाक्टर बनिसकेपछिका अप्ठ्याराहरूबारे पनि समयमै बुझ्न जरुरी छ,’ चिकित्सा शिक्षा सुधार अभियन्ता डा. जीवन क्षत्रीले भने।

अर्का अभियन्ता डा. अभिषेक राज सिंहका अनुसार सरकारले लामो प्रयासपछि मापदण्ड र शुल्क लागू गर्न कसरत गरिरहेको छ। ‘यस्तो गर्दागर्दैै पनि विद्यार्थीहरू आफैं बढी शुल्क तिर्न तयार भए भने मेडिकल कलेज सञ्चालकहरूले चिकित्सा शिक्षामा लूट मच्चाइरहने छन्,’ सिंहले भने, ‘त्यसैले सबै विद्यार्थी एकजुट भई यसैपालिदेखि मेडिकल शिक्षामा भएका विकृतिलाई यसैपालिदेखि अन्त्य गर्न जरुरी छ।’

क्याटागोरी विदेशी, विद्यार्थीजति सबै नेपाली

विदेशी सिटमा केही संख्या रिक्त रहेको काठमाडौं मेडिकल कलेजमा काठमाडौं विश्वविद्यालयद्वारा दोहोर्याएर लिइएको प्रवेश परीक्षाबाट सो सिट पूर्ति गरेको पाइएको छ। 

उक्त सूचीअनुसार विदेशी विद्यार्थी भर्ना हुनुपर्ने फरेन क्याटागोरीमा पनि सबै नेपाली विद्यार्थीहरू नै भर्ना भएको पाइएको छ। स्रोतका अनुसार फरेन क्याटागोरी भए पनि स्वदेशी विद्यार्थीलाई नै चर्को शुल्कमा भर्ना गरिएको हो।

कलेजले प्रकाशित गरेको फरेन क्याटागोरी हेर्नुहोस्।


 


 

More form the Internet

loading...