Suvadin, Home

डाक्टर केसीको उपचारका लागि चिकित्सकको टोली इलाम प्रस्थान

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा डा. आशिस सुबेदी, एनेथेस्थेसिया र आइसियु, डा. अदिती महासेठ, कार्डियोलोजिष्ट, डा।राजकमार गजमेर, इमर्जेन्सी फिजिसियन, केशव नेपाल, ल्याव टेक्निसियन, देवकान्त चौधरी, नर्सलगायतको टोली  बिहीबार इलामतर्फ प्रस्थान गरेको हो।

काठमाडौं, ३ माघ – इलाममा अनशनरत डा. गोविन्द केसीको उपचारका लागि चिकित्सकको टोली इलाम प्रस्थान गरेकाे छ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट छ जना चिकित्सकको टोलीलाई इलाम पठाइएको छ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा डा. आशिस सुबेदी, एनेथेस्थेसिया र आइसियु, डा. अदिती महासेठ, कार्डियोलोजिष्ट, डा. राजकुमार गजमेर, इमर्जेन्सी फिजिसियन, केशव नेपाल, ल्याव टेक्निसियन, देवकान्त चौधरी, नर्सलगायतको टोली  बिहीबार इलामतर्फ प्रस्थान गरेको हो।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवकै निर्देशनमा हिजो पनि एउटा चिकित्सक टोली इलाम पुगेको थियो।

पहिलो चरणको उपचार गरी उक्त टोली फर्किएपछि दोश्रो टोली बिहीबार नै इलाम प्रस्थान गरेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 


 

More form the Internet

loading...