Suvadin, Home
Nepal life 3.778M

पशुपति क्षेत्र 
पुरातत्व विभागको अनुमतिमा मात्रै सम्पदा पुनर्निर्माण गर्नुपर्ने

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पशुपति क्षेत्रभित्र रहेको विश्वरुपा मन्दिरको संरक्षणमा अझै चासो नदिएको भन्दै पशुपति क्षेत्र विकास कोषको कामकारबाहीप्रति असन्तुष्टि पनि जनाइन्।

काठमाडौं, २४ माघ – काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको अनुमति लिएर मात्रै पशुपति क्षेत्रभित्र रहेको सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन पशुपति क्षेत्र विकास कोषलाई सचेत गराएको छ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पशुपति क्षेत्रभित्र रहेको विश्वरुपा मन्दिरको संरक्षणमा अझै चासो नदिएको भन्दै पशुपति क्षेत्र विकास कोषको कामकारबाहीप्रति असन्तुष्टि पनि जनाइन्।

उनले पशुपतिनाथको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर वरपरको संरचना पुरानै सामग्री प्रयोग गरेर मात्रै बनाउन पनि सचेत गराइन्।

बिहीबार बिहान त्यस क्षेत्रको अवलोकन गरेपछि उनले सिमेन्ट र रड राखेर जथाभावी खाल्डो खनी त्यहाँको संरचना निर्माण गर्न लागेकोमा आपत्ति जनाउँदै पुरानै सामग्री प्रयोग गरेर सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन कोषको गम्भीर ध्यानाकर्षण गराएकी छिन्।


 

More form the Internet

loading...