Suvadin, Home

Cover Image

नेपालमा पनि भेटिए कोरोना भाइरसका संक्रमित

नेपालमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । कोरोना भाइरसको आशंका गरिएका चीनबाट फर्किएका विद्यार्थीको स्वास्थ्य परिक्षण गर्दा कोरोना भएको पुस्टि भएको हो । 

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । कोरोना भाइरसको आशंका गरिएका चीनबाट फर्किएका विद्यार्थीको स्वास्थ्य परिक्षण गर्दा कोरोना भएको पुस्टि भएको हो । 

नेपालमा कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि नभएपछि आशंका गरिएका व्यक्तिको स्याम्पल हङकङ पठाइएको थियो ।

केही समय अघि चीनबाट स्वदेश फर्किएका ३२ वर्षीया एक युवामा ज्वारोको समस्या देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा सुधार भएको भन्दै शुक्रराज अस्पतालले माघ तीन गते अस्पताल बाट डिस्चार्ज गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ती युवामा कोरोना भाइरसको संक्रमणा पुष्टि भएको जानकारी गराएको हो ।


 

More form the Internet

loading...