Suvadin, Home

Cover Image

चीनबाट ल्याइएका नेपालीमा कोरोना संक्रमण भेटिएन

चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड–१९) नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं । चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड–१९) नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी उक्त कुराको  जानकारी गराएको हो । प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार १७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरुमा नोवल कोरोना भाइरसका लागि रियल टाइम आरटी–पीसीआरबाट परीक्षण गर्दा कुनै पनि नमुनामा २०१९ नोवल कोरोना भाइरस (कोभिड–१९) नभेटिएको हो । 

मन्त्रालयले भाइरस नभेटिएकाले खुसी व्यक्त गरेको छ । अब, क्वारेन्टाइनमा बसेको १४ औं दिनपछि पनि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटीभित्रको स्वावको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर परीक्षणसमेत हुने जानकारी गराइन्छ बताइएको छ ।


 

More form the Internet

loading...