Suvadin, Home

बेलयातले मानिसमा गर्‍यो कोरोनाविरुद्धको खोपको परीक्षण

कोरोनाभाइरस (कोभिड १९) विरुद्धको खोपको मानिसमा परीक्षण सुरु गरिएको छ ।

काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) विरुद्धको खोपको मानिसमा परीक्षण सुरु गरिएको छ । डेलिमेलमा प्रकाशित समाचार अनुसार अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिनामा निर्माण गरेको खोपको मानवीय परीक्षण सुरु गरिएको हो । 

खोपको परीक्षणका लागि राजी भएका दुईजना मानिसलाई खोपको मात्रा प्रदान गरिएको छ । खोपको परीक्षणका लागि आठ सयभन्दा  बढी मानिस तयार भएका छन् ।

खोपको परीक्षणका लागि तयार भएका आधालाई कोरोनाभाइरसविरुद्धको खोप र बाँकीलाई मेनेनजाइटिसविरुद्धको खोप दिइने बताइएको छ । 

अक्सफोर्ड विश्वविद्यालयले यसअघि अर्को प्रकारको कोरोना भाइरस मर्स्विरुद्धको खोप बनाएको थियो ।


 

More form the Internet

loading...