Suvadin, Home

अमेरिकाद्वारा कोरोना संक्रमितको उपचारमा औषधिको प्रयोग गर्न स्वीकृति

अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा ल्याउन स्वीकृति दिएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न स्वीकृत दिएको हो ।

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा ल्याउन स्वीकृति दिएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न स्वीकृत दिएको हो ।

बिबिसिका अनुसार अब अमेरिकामा कोरोनाका गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिने छ ।

एफडीएको आपत्‌कालीन अनुमति भएकाले यो औपचारिक अनुमति भने होइन । औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक रहेको बताइएको छ ।

विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको दावी गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा गिलियडका प्रमुख कार्यकारी डानियल ओडेले एफडीएको स्वीकृती पहिलो महत्त्वपूर्ण कदम भएको बताएका छन्  ।
 


 

More form the Internet

loading...