Suvadin, Home

Cover Image

भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको बताइएको छ । 

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको बताइएको छ । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २१८ पुगेको छ ।

गएको २४ घन्टायता भारतमा २ हजार २९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । भारतभर गएको २४ घन्टायता संक्रमितको संख्या हालसम्मको नै सब भन्दा बढी भएको मन्त्रालयले जनाएको छ । यी संंक्रमितहरूमध्ये ९ हजार ९५१ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।

मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २७ हजार ३८५ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँ मात्र संक्रमितहरूको संख्या ११ हजार ५०६ रहेको र ४८५ जनाले ज्यान गुमाएका छन् । एक हजार ८७९ उपचारपछि फर्किएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।


 

More form the Internet

loading...