Suvadin, Home

विश्वभर ३४ लाख नाघे कोरोना संक्रमित   

दिनहुँ विश्वमा नयाँ कोरोना भाइरस संक्रमितको संख्या थपिदो छ। पछिल्लो अपडेट अनुसार एकै दिनमा ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या करिब ३४ लाख १ हजार १८९ पुगेको छ । 

काठमाडौं । दिनहुँ विश्वमा नयाँ कोरोना भाइरस संक्रमितको संख्या थपिदो छ। पछिल्लो अपडेट अनुसार एकै दिनमा ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । कुल संक्रमित संख्या करिब ३४ लाख १ हजार १८९ पुगेको छ । 

कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या करिब २ लाख ४० हजार पुगेको छ । हालसम्म १० लाख ८१ हजार जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  

कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । अमेरिकामा मात्रै पछिल्लो एक दिनमा ३६ हजार संक्रमित थपिएका छन् । एकै दिनमा अमेरिकामा २२ सय भन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म कुल संक्रमित संख्या ११ लाख ३१ हजार ४५२ पुगेको छ । यस्तै, मृतक ६५ हजार ७७६ पुगेका छन् । अमेरिकामा १ लाख ६१ हजार भन्दा धेरैजना उपचारपछि डिस्चार्ज भएका छन् । 

स्पेनमा संक्रमित संख्या २ लाख ४३ हजार पुगेको छ भने २४ हजार ८२४ जनाको मृत्यु भएको छ । यस्तै, इटालीमा संक्रमित संख्या २ लाख ७ हजार ४२८ पुग्दा २८ हजार २३६ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ६७ हजार ३४६ हुँदा २४ हजार ५९४ जनाको मृत्यु भएको छ ।

बेलायतमा १ लाख ७७ हजार ४५४ संक्रमित हुँदा २७ हजार ५१० जनाको मृत्यु भएको छ । त्यस्तै, जर्मनीमा १ लाख ६४ हजार ७७ जना संक्रमित हुँदा ६ हजार ७३६ जनाको मृत्यु भएको छ । रुसमा करिब १ लाख १४ हजार ४३१ जना संक्रमित हुँदा १ हजार १६९ जनाको मृत्यु भएको छ । 
 
टर्कीमा १ लाख २२ हजार ३९२ संक्रमित हुँदा ३ हजार २५८ को ज्यान गएको छ । इरानमा ९५ हजार ६४६ जना संक्रमित हुँदा ६ हजार ९१ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो एक दिनमा १ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै चीनमा हालसम्म ८२ हजार ८७५ जना संक्रमित हुँदा मृतक संख्या ४ हजार ६३३ पुगेको छ । 
 
भारतमा संक्रमित ३७ हजार ३३६ र मृतक १ हजार २२३ पुगेका छन् । पाकिस्तनमा १८ हजार ११४ संक्रमित हुँदा ४१७ जनाको ज्यान गएको छ ।


 

More form the Internet

loading...