Suvadin, Home

कोरोनाको संक्रमण दुई वर्षसम्म रहन सक्ने एक अध्ययनको दाबी

कोरोना भाइरसको संक्रमण आगामी एक–दुई वर्षसम्म रहन सक्ने एक रिपोर्टमा दाबी गरिएको छ ।

एजेन्सी । कोरोना भाइसको संक्रमण आगामी एक–दुई वर्षसम्म रहन सक्ने एक रिपोर्टमा दाबी गरिएको छ ।

अमेरिकाको सेनटर फर इन्फेक्सस डिजिज रिसर्च एण्ड पोलिसी (सिआइडिआरएपी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार कुनैनकुनै रुपमा यसको संक्रमण विश्वमा दुई वर्षसम्म रहन सक्ने छ ।

सो प्रतिवेदनमा कोभिड–१९ पहिलेका महामारीले अहिलेको अवस्थालाई मूल्यांकन गरेर तीन सम्भावनाहरू प्रस्तुत गरिएको छ ।

‘पहिलो सम्भावना अनुसार महामारी विभिन्न उतार चढावपछि सन् २०२१ सम्ममा अन्त्य हुन सक्ने छ । यसमा विभिन्न देशको भौगोलिक परिवेश र भाइरसलाई नियन्त्रणमा लिनका लागि गरिएका प्रयास निर्भर रहने उल्लेख छ ।

अवस्था नाजुक रहेमा कोरोना भाइरसको संक्रमण सन् २०२२ सम्म पनि रहने प्रतिवेदनमा उल्लेख छ । सन् १९१८–१९ को स्पेनिस फ्लू महामारीका बेला पनि यस्तै भएको थियो ।

प्रयासहरुले काम गरे र भाइरस नियन्त्रणमा आउने क्रम जारी रह्यो भने केही समंक्रमण बाँकी रहे पनि महामारीमा काबु भने पाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।
 


 

More form the Internet

loading...