Suvadin, Home

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै : ३१ मा देखियो संक्रमण

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वमा नै महामारीको रुप लिइरहेको छ । यतिवेला कोरोनाको संक्रमण भारतमा पनि बढ्दो छ ।

एजेन्सी । चीनबाट फैलिएको कोरोना भाइरसले विश्वमा नै महामारीको रुप लिइरहेको छ । यतिवेला कोरोनाको संक्रमण भारतमा पनि बढ्दो छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ पुगेको छ । आज दिल्लीमा थप एक जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका विशेष सचिव सञ्जीव कुमारका अनुसार संक्रमित व्यक्ति थाइल्यान्ड र मलेसियाको यात्राबाट फर्किएका थिए । उ‍नी दिल्लीको उत्तम नगरका बासिन्दा हुन्।  

भारतका ६ सहरमा ३१ जना संक्रमित भेटिएका हुन् ।  केरलमा चीनको वुहानबाट फिर्किएका तीनजनामा कोरोना भाइरस भेटिएको हो।  तर, उनीहरू सन्चो भइसकेका छन् ।  

राजधानी सहर दिल्लीमा इटाली र मलेसियाबाट फर्किएका दुईजना कोरोना भाइरस संक्रमित पाइएका हुन् । दुवैको उपचार भइरहेको छ । उत्तर प्रदेशको आगरामा ६ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । इटालीबाट फर्किएका एकजना व्यक्तिले अन्य पाँचजनालाई संक्रिमत बनाएका हुन् । 

तेलंगानामा पनि इटालीबाट फर्किएकालाई कोरोना संक्रमण भएको छ । उनको सम्पर्कमा आएका अन्य ८८ जनालाई निगरानी गरिएको छ । राजस्थानको जयपुरमा १७ जना विरामी भेटिएका छन् । यिनमा १६ जना इटालीबाट आएका हुन् । उनीहरु राजस्थानको ६ जिल्लामा ८ दिनसम्म घुमेका थिए । 

यहाँ जम्मा भारतीय ड्राइभरसहित १७ जना संक्रमित भेटिएका हुन् ।  दिल्लीकै गुडगाउँमा अर्का संक्रमित भेटिएका छन् । पेटिएम कम्पनीका एक कर्मचारी संक्रमित पाइएका हुन् । उत्तर प्रदेशको गाजियाबाद एक व्यापारीलाई पनि कोरोना संक्रमण भएको छ ।
 


 

More form the Internet

loading...