Suvadin, Home

इटालीमा डेढ करोडलाई क्वारेन्टाइनमा राखिने

इटालीमा  कोरोना भाइरसका संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । इटालिमा कोरोना संक्रमित को संख्या बढ्नुका साथै धेरैले ज्यान गुमाउन थालेपछि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने भएको छ ।

एजेन्सी । इटालीमा  कोरोना भाइरसका संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । इटालिमा कोरोना संक्रमित को संख्या बढ्नुका साथै धेरैले ज्यान गुमाउन थालेपछि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिने भएको छ ।

इटलीको लोमबार्डी क्षेत्रसहित देशका १४ प्रान्तका १ करोड ६० लाख मानिसहरूको आवातजावतमा रोक लगाएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले अप्रिलको पहिलो सातासम्म यो रोक जारी रहने बताएका छन् । कोरोनाभाइरसबाट इटाली चीनपछि सबैभन्दा बढी प्रभावित देश हो ।

कोरोनाभाइरसको संक्रमणबाट कारण इटालीमा शनिबारसम्म २३० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै संक्रमितको संख्या १२ सयबाट बढेर पाँच हजार ८ सय ८३ पुगेको छ ।


 

More form the Internet

loading...