Suvadin, Home

कोरोना भाइरसबाट इटालीमा एकैदिन १३३ को मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकै दिन १ सय ३३ को मृत्यु भएको छ । भाइरसबाट जम्मा मृत्यु हुनेको संख्या ३६६ पुगेको अधिकारीहरूले जनाएका छन् । 

बीबीसीका अनुसार भाइरस संक्रमितहरुको संख्या २५ प्रतिशत बढेर ७ हजार ३ सय ७५ पुगेको छ ।

प्रकोप नियन्त्रणका लागि आइतवार दशौं लाख मानिसहरूको निम्ति नयाँ प्रतिबन्धहरू लगाइएपछि पनि उक्त सङ्ख्या थपिएको बताइएको छ ।

लोम्बर्डी र १४ वटा प्रान्तका एक करोड ६० लाख मानिसलाई क्वारन्टाइनमा बस्न आइतबार निर्देशन दिइएको हो । क्वारेन्टाइनमा नबसी भागेमा तीन महिना जेलमा रोख्ने चेतावनी समेत दिइएको छ । 

प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशभरिका विद्यालय, व्यायामशाला, संग्राहलय, रात्रि क्लब र अन्य स्थल बन्द गर्ने घोषणा पनि गरेका छन् । उक्त निर्णय एप्रिल ३ सम्म लागु हुनेछ ।


 

More form the Internet

loading...