Suvadin, Home

चीनका ७० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले चीनमा कोरोनाभाइरसबाट संक्रमित भएका ८० हजार विरामीमध्ये ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका जनाएको छ ।

एजेन्सी । विश्व स्वास्थ्य संगठनले चीनमा कोरोनाभाइरसबाट संक्रमित भएका ८० हजार विरामीमध्ये ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका जनाएको छ ।

चीनको हुवान सहरबाट फैलिएको कोरोनाको संक्रमण चीनमा भने नियन्त्रणउन्मुख अवस्थामा छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससका अनुसार अत्यधिक कोरोनाभाइरस प्रभावित देशमध्ये चीन अहिले प्रकोप नियन्त्रणको मार्गमा अघि बढिरहेको छ ।

टेड्रोसले निर्णायक र शिघ्र कदमबाट कोरोनाभाइरसको संक्रमण घट्ने बताए । ‘जुन देशले कोरोनाभाइरसका नयाँ संक्रमितको पहिचान गर्न र तिनको सम्पर्कमा आएका व्यक्तिको पहिल्याए प्रयास गरेका छन् तिनले विश्वलाई नै योगदान पु-याउनेछन्,’ टेड्रोसले भने ।


 

More form the Internet

loading...