Suvadin, Home

कोरोनाको आशंकामा ४५० को परीक्षण गरियो, ६ जनाको आइसोलेसनमा राखेर उपचार हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालमा अहिलेसम्म कसैमा पनि कारोनाको संक्रमण फेला नपरेको जनाएको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालमा अहिलेसम्म कसैमा पनि कारोनाको संक्रमण फेला नपरेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको जनाएका हुन् ।

मन्त्रालयले अहिले पनि कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको जनाएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार सुरु गरिएको हो ।

आइसोलेसनमा राखिएका मध्ये ४ जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

अहिले ४३ नाकामा स्थानीय तहका स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स स्थापना गरिएको उनले बताए ।


 

More form the Internet

loading...