Suvadin, Home

Cover Image

‘कोरोना भाइरस तीन दिनसम्म सतहमा जीवित रहन सक्छ’

कोरोनाको भाइरस प्लास्टिक र खिया नलाग्ने स्टिलको सतहमा तीन दिनसम्म जीवित रहने एक अनुसन्धानले देखाएको छ ।

एजेन्सी । कोरोनाको भाइरस प्लास्टिक र खिया नलाग्ने स्टिलको सतहमा तीन दिनसम्म जीवित रहने एक अनुसन्धानले देखाएको छ । न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा ‘सम्पादकलाई चिट्ठी’ को रुपमा प्रकाशित एक अनुसन्धानमा यसबारेको यस्तो तथ्य सार्वजनिक गरिएको छ ।

र यो भाइरस हावामा रहेका धुलो र पानीका कणमासमेत तीन घण्टासम्म जीवित रहन सक्ने उक्त अनुसन्धानले बताएको छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थको वित्तिय सहयोगमा गरिएको उक्त अनुसन्धान गत हप्ता अनलाइनमा प्रकाशित गरिएको थियो विस्तृत विवरणसहित यो अनुसन्धान पत्रको रुपमा मंगलबार प्रकाशित भएको हो ।

उक्त अनुसन्धानका अनुसार कोभिड–१९ फैलाउन मद्दत गर्ने SARS-CoV-2–भाइरस  प्रयोगात्मक परिस्थिती अन्तर्गत परीक्षण गर्दा SARS-CoV-1 सँग मेल खाने भेटियो ।

SARS-CoV-1 भाइरसका कारण सन् २००२ मा चीनमै महामारी फैलिएको थियो ।

यो अनुसन्धानले नयाँ कोरोनाभाइरस खासमा कति समयका लागि  सतहमा रहन सक्छ भन्ने कुरामा केन्द्रीत रहेको छ । अनुसन्धानमा थप भनिएको छः

– यो नयाँ कोरोनाभाइरस खिया नलाग्ने स्टिल र प्लाष्टिकमा ७२ घण्टाका लागि जीवित रहन सक्छन् ।

– यस्तैगरी, तामाको भाँडामा चार घण्टा र कार्डबोर्डमा २४ घण्टासम्म यो जीवित रहन सक्छ ।

– साथै, हावामा रहेका धुलो र पानीका कणमा यो अनुसन्धान अवधि भर (करिब ३ घण्टासम्म) सक्रिय रह्यो ।


 

More form the Internet

loading...