Suvadin, Home

कोरोनाभाइरसको संक्रमणबाट अमेरिकी नागरिकको मृत्यु

चीनको वुहानमा कोरोनाभाइरसका कारण एक अमेरिकी नागरिकको मृत्य भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार कोरोनाभाइरसका कारण एक अमेरिकी महिलाको मृत्यु भएको हो । 

एजेन्सी । चीनको वुहानमा कोरोनाभाइरसका कारण एक अमेरिकी नागरिकको मृत्य भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार कोरोनाभाइरसका कारण एक अमेरिकी महिलाको मृत्यु भएको हो । 

बेइजिङस्थित अमेरिकी दूतावासका अनुसार ती महिला करिब ६० वर्षकी थिइन् । उनको स्वास्थ्य अवस्था एकदम बिग्रिएको र बिहीबार निधन भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

दूतावासले भन्यो, ‘घटनाप्रति हामी दुखी छौं । मृतकका परिवारप्रति समवेदना छ,’ यद्यपी दूतावासले ती महिलाको नाम भने खुलाएको छैन ।


 

More form the Internet

loading...