Suvadin, Home

Cover Image

कोरोना कहर : श्रीलंकामा आजदेखि सोमबारसम्म कर्फ्यू

श्रीलंकाकामा आज (शुक्रबार) साँझदेखि देशभर कर्फ्यू जारी गर्ने घोषणा गरिएको छ । 

एजेन्सी । श्रीलंकाकामा आज (शुक्रबार) साँझदेखि देशभर कर्फ्यू जारी गर्ने घोषणा गरिएको छ । 

कोरोना भाइरसको रोकथाम गर्न राष्ट्रपति गोटबाया राजपक्षले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेका हुन् ।

पछिल्लो समय श्रीलंकामा ५३ जनामा कोरोना संक्रमित फेला परेपछि सरकारले उक्त निर्णय गरेको हो । कर्फ्यू जारी भएसँगै सार्वजनिक यातायात र महत्वपूर्ण सेवाहरू मात्रै सुचारू गर्ने बताइएको छ ।

यसअघि श्रीलंकाले सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको थियो।  गत बिहिबार  श्रीलंकाले संसदिय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो ।
 


 

More form the Internet

loading...