Suvadin, Home

Cover Image

कोरोनाले विश्वभर अहिलेसम्म लियो ११ हजार ४१७ जनाको ज्यान

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले शनिबारसम्म ११ हजार ४१७ जनाको ज्यान लिइसकेको छ । नियन्त्रणउन्मुख हुनुको साटो विश्वमा यसको महामारी दिनहुँ बढ्दो छ ।

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले शनिबारसम्म ११ हजार ४१७ जनाको ज्यान लिइसकेको छ । नियन्त्रणउन्मुख हुनुको साटो विश्वमा यसको महामारी दिनहुँ बढ्दो छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । 


 

More form the Internet

loading...