Suvadin, Home

Cover Image

पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोनाले लियो ४६ जनाको ज्यान

कोभिड–१९ (कोरोना भाइरस) का कारण संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ४६ जनाले ज्यान गुमाएका छन्।

एजेन्सी । कोभिड–१९ (कोरोना भाइरस) का कारण संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ४६ जनाले ज्यान गुमाएका छन्।

कोरोना भाइरसका कारण पछिल्लो समय ज्यान गुमाउने ४६ जनासँगै अमेरिकामा हालसम्म ज्यान गुमाउनेको संख्या ३ सय ४८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै अमेरिकामा हालसम्म २६ हजार ८ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमध्ये न्युयोर्कमा २०, क्यालिफोर्नियामा ४, मिचिगानमा ३, लुइसियानामा ४, जर्जियामा ६, मासाचुसेट्स कोलाराडो, कनिक्टिकट, म्यारील्यान्ड, भर्जिनिया, इन्डियाना, केन्टुकी र कान्सासमा १-१ जनाको मृत्यु भएको हो।


 

More form the Internet

loading...