Suvadin, Home

कोरोनाबाट मृत्यु हुनको संख्या ७२३ पुग्यो, ३४ हजार भन्दा बढीमा संक्रमण

चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२३ पुगेको छ । यस्तै कोरोना संक्रमितको संख्या करीब ३४ हजार ५ सय ९८ पुगेको सिटिएनले उल्लेख गरेको छ ।

बेइजिङ । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२३ पुगेको छ । यस्तै कोरोना संक्रमितको संख्या करीब ३४ हजार ५ सय ९८ पुगेको सिटिएनले उल्लेख गरेको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार यस अघि २४ घण्टादेखि मध्य रातको अवधिमा ७३ मानिसहरुको मृत्यु भएको थियो ।  मृत्यु हुनेको संख्या दैनिक वृद्धि भइरहेको छ । 

वुहान र त्यस वरपरको प्रान्तमा भाइरसका कारण मृत्यु हुनेको संख्या बढेको छ । यस बाहेक उत्तर पूर्वीको तियानजिन  तथा हेलोङजियाङ  र दक्षिण पश्चिमको गुइझौमा अन्य तीनजनाको मृत्यु भएको छ । 

चीनबाहेक अन्य देशमा हालसम्म दुईजनाको मृत्यु भएको छ । ती ध्ये एक फिलिपिन्स र अर्को हङकङका नागरिक हुन् । 


 

More form the Internet

loading...