Suvadin, Home

कोरोनाले चीनमा एकैदिन लियो १७ जनाको ज्यान

अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८ पुगिसकेको छ । कोरोनाका कारण चीनमा दिनहुँ ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

एजेन्सी । अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या ९ सय ८ पुगिसकेको छ । कोरोनाका कारण चीनमा दिनहुँ ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

कोरोनाका कारण चीनमा आइतबार एकैदिन ९७ जनाले ज्यान गुमाएका छन् । कोरोनाको संक्रमणबाट कारण एकैदिन ज्यान गुमाएकामध्ये यो अहिलेसम्मकै धेरै सङ्ख्या हो ।  तर, नयाँ सङ्क्रमितहरुको सङ्ख्या भने स्थिर छ । 

पूरै चीनमा ४० हजार एक सय ७१ जनामा कोरोनाको सङ्क्रमण पाइएको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । एक लाख ८७ हजार पाँच सयभन्दा बढीलाई चिकित्सकको निगरानीमा राखिएको छ । 

जापानमा पानी जहाजमा यात्रा गरिरहेका थप ६० भन्दा बढी मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ । जहाजमा यात्रा गरिरहेका तीन हजार सात सय यात्रुमध्ये १ सय ३० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । 

गएको महिना जहाजमा यात्रा गरिरहेका हङकङका एक जना ८० वर्षीय वृद्धमा भाइरसको सङ्क्रमण देखिएपछि योकोहामा बन्दरगाहमा रहेको ‘द डायमण्ड प्रिन्सेस शिप’ लाई नै दुई हप्ताको क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमितहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । 

चीन सरकारको तथ्याङ्कअनुसार अहिलेसम्म तीन हजार दुई सय ८१ जना उपचारपछि पूर्ण रुपमा निको भएर डिस्चार्ज भएका छन् ।


 

More form the Internet

loading...