Suvadin, Home

Cover Image

कोरोनाबाट स्पेनमा २४ घण्टामा ७६९ जनाले गुमाए ज्यान

कोरोना भाइरसबाट स्पेनमा गत २४ घण्टामा ७ सय ६९ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट स्पेनमा मर्नेहरूको संख्या ४ हजार ८ सय ५८ पुगेको छ ।

एजेन्सी । कोरोना भाइरसबाट स्पेनमा गत २४ घण्टामा ७ सय ६९ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट स्पेनमा मर्नेहरूको संख्या ४ हजार ८ सय ५८ पुगेको छ ।

स्पेनमा ६४ हजार ५९ कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो एक दिनमा ७ हजार ८ सय ७२ जना संक्रमित भएका छन् । यो बितेको दुई दिनको भन्दा कम संख्या हो ।

अहिलेसम्म विश्वभरमा ५ लाख ३२ हजार ९०९ मानिस संक्रमित भएका छन् । चीनपछि युरोपेली मुलुकमा कोरोनाको गम्भीर असर देखिएको छ । पूरै विश्वमध्ये बिहीबार स्पेनमा सबैभन्दा धेरै मानिसले ज्यान गुमाउन पुगे । स्पेन कोरोनाको नयाँ केन्द्र बन्दै गएको छ। एजेन्सी


 

More form the Internet

loading...