Suvadin, Home

प्रधानमन्त्री ओलीको पिसाब नलीमा राखिएको ‘स्टेन्ट’ निकालियो

प्रधानमन्त्री केपी शर्मा ओलीको युरेटर  (पिसाब नली) मा राखिएको स्टेन निकालिएको छ । नियिमित स्वास्थ्य जाँचका लागि ग्रान्डी अस्पताल पुगेका  युरेटरबाट स्टेन निकालिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको युरेटर  (पिसाब नली) मा राखिएको स्टेन निकालिएको छ । नियिमित स्वास्थ्य जाँचका लागि ग्रान्डी अस्पताल पुगेका  युरेटरबाट स्टेन निकालिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीको युरेटरमा कात्तिक १३ गते स्टेन राखिएको थियो । योसँग ओलीको अन्य जाँच पनि हुने बताइएको छ।

 मिर्गौला र पिसाब थैली जोड्ने सानो नलीलाई युरेटर भनिन्छ र पिसाब बग्न समस्या भएपछि यो राख्ने गरिन्छ।

उनको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि पनि बेलाबेला बिरामी हुँदै, निको हुँदै गरेका उनले गत साउन र भदौमा गरी दुईपटक सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका थिए ।


 

More form the Internet

loading...