
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ । पौने १ बजे सफलतापूर्वक एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
महाराजगन्जस्थित शिक्षण अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा अप्रेशन भएको हो ।
आज बिहान स्वास्थ्यमा आकस्मिक समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको थियो ।