Suvadin, Home

बुवाको पुकार ‘हे भगवान मेरो छोरालाई निको बनाइदे’
२६ महिनादेखि अचेत भूकम्पका घाइते कृष्णहरि

बेड नम्बर ११। बुवा पाइप नलीबाट खाना खुलाउदैछन्।  बेडमा सुतिरेहका उनी टुलुटुल हेरिरहेका छन्। बोल्न सक्दैनन न त बुझ्छन नै। उनी अर्थात् नुवाकोटको कमरी– ४ का कृष्णहरि पुडासैनी २६ महिनादेखि अचेत छन्। 
भूकम्पका घाइते कृष्णहरि पुडासैनी।

काठमाडाैं, भदाै २४–बेड नम्बर ११। बुवा पाइप नलीबाट खाना खुलाउदैछन्।  बेडमा सुतिरेहका उनी टुलुटुल हेरिरहेका छन्। बोल्न सक्दैनन न त बुझ्छन नै। उनी अर्थात् नुवाकोटको कमरी– ४ का कृष्णहरि पुडासैनी २६ महिनादेखि अचेत छन्। 

कृष्णहरिको राजधानीस्थित वीर अस्पतालमा नियमित उपचार हुँदै आएको छ। र,  बालुवाटारस्थित नेपाल हेल्थ इक्युपमेन्ट डेभलपमेन्ट फाउन्डेसन (एनएचइडिएफ) द्वारा सञ्चालित सोसियल मेडिकल सेन्टरको आश्रयमा छन्।

कृष्णहरि पदयात्रा पथप्रदर्शक (ट्रयाकिङ गाइड) हुन्। उनी २०७२ वैशाख १२ गते शनिबार उनी रसुवाको लाङटाङ पुगेका थिए, पर्यटकसहित। सोही दिने नेपालमा ७.८ रेक्टर स्केलको भूकम्प गयो। भूकम्पका कारण आठ हजार पाँच सय ५६ जनाको मृत्यु भयो, भने २२ हजार तीन सय नौ जना घाइते भए। ती घाइतेमध्येका एक हुन् कृष्णहरि। 

भूकम्पमा परी घाइते भएका कृष्णहरिलाई घटनाको पाँच दिनपछि मनाङ एयरको कल साइन नाईन एन एएलडी बिमानले उद्धार गर्यो। उद्धार पश्चात काठमाडौंमा उपचार गराएपछि उनी घर फिरेका थिए, कमरी। त्यतिखेर कृष्णहरिको घुँडामा चोट लागेको थियो। तर, कृष्णहरि २६ महिनादेखि अचेत छन्। उनका बुवा लिलानाथ पुडासैनी हरेक क्षण पुकार गर्छन ‘हे भगवान मेरो छोरालाई निको बनाइदे। र, छोरा बोल्न थाल्यो कि भन्ने आशामा लिलानाथ राति पनि जागा रहन्छन्। 

पर्यटक लिएर लाङटाङ पुगेका बेला कृष्णहरिले लाइसेन्स प्राप्त गरेको तीन वर्ष पुगेको थियो।

भेन्टिलेटरमा राखेपछि होसमा फर्किनन् 

भूकम्प गएपछि तहसनहस भएका राजधानीका भौतिक संरचनामा कयौं नागरिक पुरिए। कयौंको ज्यान गयो भने घाइते पनि उत्तिकै थिए। घाइतेको उपचारका लागि सरकार तथा अन्य संघसंस्थाले क्याम्प खडा गरेका थिए। लाङटाङमा भूकम्पमा परी घाइते भएका कृष्णहरिलाई बिमानमार्फत् राजधानी ल्याइपछि उनको उपचार छाउनीस्थित क्याम्पसमा भयो। २० दिन उपचार पश्चात उनी घर फिरे।

कृष्णहरिका बुवा लिलाधरका अनुसार घर फर्किएको एक महिनापछि उनलाई मुखसँगै टाउको चलाउन पनि गाह्रो हुन थाल्यो। ‘छोरालाई प्यारालाईसीस भएको हुन सक्ने ठानेपछि फेरि उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा ल्याए,’ लिलाधरले भने, ‘दिउँसो चेकजाँच गरेपछि डाक्टरले अवस्था सामान्य छ भन्नु भयो। तर, राति स्वास्थ्य समस्या विग्रियो।’

 

तत्कालीन गाविस र जिल्ला विकास समितिसँगै जिल्ला प्रशासनको सिफारिस लिएर स्वास्थ्य मन्त्रालय धाएँ। तर, हामी गरीबलाई कसले पनि सहयोग गर्छ र?,’ मलिलो अनुहार लगाउदै लिलाधरले भने, ‘अबको सरकारले सहयोग गर्छ भन्ने आशा पनि मरिसकेको छ।’ 

 

भोलिपल्ट कृष्णहरिको सिटी स्क्यान भयो, ओम अस्पतालमा। ‘सीटी स्क्यान पश्चात तीन दिन ओममा उपचार गरियो। र, ‘टीटानस’ भएको भन्दै रेर्फर गरिएपछि लिलाधरले छोरालाई टेकु लगे। तर, टेकुमा आईसीयु नभएको बताएपछि उनलाई ग्रिन सिटीमा लगियो। त्यहाँ पनि आईसीयु नपाएपछि जनमैत्री अस्पतालमा लगिएको थियो, कृष्णहरिलाई।

लिलाधरका अनुसार जनमैत्री अस्पतालमा कृष्णहरिलाई आईसीयुमा राखेको पाँच दिनमा चिकित्सकले भ्यान्टिलेटरमा राख्नुपर्ने बताए। ‘भ्यान्टिलेटरमा राख्नु अगाडि छोरा होसमा थियो। तर, ५० दिन भ्यान्टिलेटरमा राखेर बाहिर निकाल्दा होस आएन,’ लिलाधरले भने, ‘थप चार महिना घाउको उपचार गरिएपनि निको भएन।’

उनका अनुसार कृष्णहरिलाई २०७२ साउन ८ गते भ्यान्टिलेटरमा रोखिएको थियो। र, चिकित्सकले प्लास्टिक सर्जरीका लागि सुझाएपछि लिलाधरले छोरालाई फेरि ट्रमा सेन्टर लगे। नौ महिना ट्रमामा उपचार गराएपनि निको नभएपछि अस्पताले फेरि रेर्फर गरिदियो। लिलाधर भन्छन्, ‘घाउको ड्रेसिङ त भयो  तर, प्लास्टिक सर्जरी गर्न मिलेन।’

जब भेटिए सम्राट
करिव डेढ वर्ष अस्पतालमा विताउदा को २५ लाख खर्च भयो। तर, छोरालाई निको हुन त परै जाओस् स्वास्थ्य अवस्था झनझन विग्रिदै गयो। गहभरी आशु झार्दै लिलाधरले भने, ‘अस्पतालले पनि उपचार गर्न नसक्ने बताएपछि अब कहाँ जाने?। समस्या नै समस्या भयो।’

छोरालाई घर लगौं भने उपचार नहुने राजधानीमा राखौं भने खर्च जुटाउन नसक्ने भएपछि उनमा छटपटी बढ्यो। चार अस्पताल धाउदाधाउदै २५ लाख खर्च भइसकेको थियो। केही रकम छरछिमेकी, नेपाल र बाह्य मुलुकमा रहेका नेपाली र विदेशी नागरिकले सहयोग गरेका थिए, बाँकी रकम लिलाधरले ऋण काढेका थिए। जसमध्ये १६ लाख रुपैया ऋण तिर्न बाँकी रहेको उनले बताए।

लिलाधर बायो इञ्जीनियर सम्राटसिंह बस्नेतको सम्पर्कमा पुगे।  सम्राटले राजधानीमा सोसियल मेडिकल सेन्टर सञ्चालनमा ल्याएका थिए, नेपालमा भूकम्प गएपछि। भूकम्पमा परी घाइते भएकालाई उपचार उपकरण, डाक्टर तथा नर्सको सेवा र बेडको समेत व्यवस्था गरिएको सोसियल मेडिकल सेन्टर पछिल्लो समय दीर्घरोगीको पनि आश्रयम बन्न थालेको थियो।

सम्राटले घाइते अवस्था बुझेपछि कृष्णहरि २०७३ कात्तिक २९ गते सोसियल मेडिकल सेन्टरमा भर्ना भए। 

कृष्णहरिको उपचार
चिकित्सकहरुका अनुसार कृष्णहरिलाई धनुषटंकार (टीटानस) भएको छ। 

अहिले कृष्णहरिको वीर अस्पतालमा उपचार हुँदै आएको छ।  उपचार उपकरण, डाक्टर तथा नर्सको सेवा र बेडको व्यवस्था सोसियल मेडिकल सेन्टरले गरिरहेको छ। कृष्णहरिलाई नलीमार्फत् खाना खुवाइन्छ।

हर्लिक्स, अन्डा र विस्कुट दैनिक खुवाउनुपर्छ। तर, लिलाधरसँग त्यसका लागि पनि रकम छैन। भन्छन्, ‘भएको पैसा छोराको उपचारमा सकियो। ऋण पनि लागेको छ, तर अझै निको भएको छैन। निको हुने आशा छँदैछ।’ कृष्णहरिको नियमित फिजियोथेरापी हुँदै आएको छ। 

 फिजियोथेरापी, नर्सिङ केयर, बेडको व्यवस्था सोसियल मेडिकल सेन्टरले निःशुल्क उपलब्ध गराउदै आएको छ।

सरकारले हेरेन
लिलाधरले छोराको उपचारका लागि सहयोगको याचना गर्न सरकारी अड्डा धाउन छोडिसकेका छन्। बरु मुलुकमै रहेका नेपाली, बाह्य मुलुकमा रहेका नेपाली र विदेशी नागरिकले रकम संकलन गरेर सहयोग गर्ने गरेका छन्। तर, सरकारले हरिकृष्णको उपचारका लागि सहयोग नगरेको लिलाधरले बताए।

 

भन्छन्, ‘छोराको उपचार हुँदैछ। एकछिन पनि छोड्न मिल्दैन। यो दसैंमा पनि घर जानै पाइदैन।’

 

‘तत्कालीन गाविस र जिल्ला विकास समितिसँगै जिल्ला प्रशासनको सिफारिस लिएर स्वास्थ्य मन्त्रालय धाएँ। तर, हामी गरीबलाई कसले पनि सहयोग गर्छ र?,’ मलिलो अनुहार लगाउदै लिलाधरले भने, ‘अबको सरकारले सहयोग गर्छ भन्ने आशा पनि मरिसकेको छ।’ 

यो दसैंमा पनि घर जान पाउदैन
हिन्दू नेपालीहरुको महान पर्व बडादसैं नजिकिदै जाँदा राजधानीबाट बाहिरने क्रम सुरु हुन थालेको छ। आगामी असोज १४ गते दसैंको टीका छ। तर, लिलाधर पछिल्ला दुई वटा दसैंमा घर जान पाएका छैनन्। उनी छोराको कुरुवा भएर बसेका छन्, २६ महिनादेखि। 

भन्छन्, ‘छोराको उपचार हुँदैछ। एकछिन पनि छोड्न मिल्दैन। यो दसैंमा पनि घर जानै पाइदैन।’ घरमा लिलाधरकी श्रीमतिसँगै छोरा र बुहारी छन्। छोरी काठमाडौंमा पढछिन

हरिकृष्ण अचेत अनि उनका बुवा लिलाधर कुरुवा। त्यही भएर पनि उनको घरमा पछिल्लो दुई दसैं खल्लो भएको छ। गत वर्ष मात्र लिलाधरका छोराबुहार काठमाडौं आएका थिए। चार महिनाकी छोरी लिएर। लिलाधर भन्छन्, ‘नातिनीलाई पनि ४ महिनाको उमेरमा भेटेको थिएँ। अहिले २० महिना भइसक्यो।

दीर्घरोगीको सेवामा समर्पित सम्राट


 

More form the Internet

loading...