Suvadin, Home
Citizen Bank 421.7k

Cover Image

अधिकांश भाषा इन्स्टिच्युट अनुमतिबिनै सञ्चालन

शैक्षिक परामर्श, पूर्वतयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्ने यहाँका अधिकांश इन्स्टिच्युट स्थानीय तहको अनुमति बिनानै सञ्चालनमा आएको पाइएको छ। भाषा इन्स्टिच्युट करकै दायरामासमेत छैनन्। विद्यार्थी, अभिभावक र राज्यको आँखा छलेर च्याउजस्तै उमे्रका ती भाषा कक्षामा दक्ष र अनुमति पाएका प्रशिक्षकसमेत छैनन्। 

पाँचथर, ३० फागुन – जिल्लाको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश भाषा इन्स्टिच्युट स्थानीय तहको अनुमतिबिनै सञ्चालनमा छन्। स्थानीय तहमा दर्ता अनुमति लिनेबारेमा न कुनै इन्स्टिच्युट सञ्चालकलाई थाहा छ न त स्थानीय तहले यसबारेमा जानकारी नै गराएको छ। 

शैक्षिक परामर्श, पूर्वतयारी कक्षा तथा भाषा शिक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्ने यहाँका अधिकांश इन्स्टिच्युट स्थानीय तहको अनुमति बिनानै सञ्चालनमा आएको पाइएको छ। भाषा इन्स्टिच्युट करकै दायरामासमेत छैनन्। विद्यार्थी, अभिभावक र राज्यको आँखा छलेर च्याउजस्तै उमे्रका ती भाषा कक्षामा दक्ष र अनुमति पाएका प्रशिक्षकसमेत छैनन्। 

पाँचथरको सदरमुकाम फिदिममा सञ्चालनमा आएका एक दर्जन बढी कोरियाली र जापानी भाषाका इन्स्टिच्युटमा त्यस्तो पाइएको हो। फिदिम नगरपालिकाको नेतृत्वमा बुधबार संयुक्त अनुगमन गर्दा फिदिम–१ स्थित मेनलाइनमा भएको सेवारो एजुकेशन एण्ड इन्स्टिच्युट नियमअनुसार सञ्चालन अनुमति बिनै सञ्चालनमा रहेको पाइय। अनुगमनका क्रममा गएको टोलीलाई इन्स्टिच्युटले सामान्य कागजातसमेत पेश गर्न सकेन। 


 

More form the Internet

loading...