Suvadin, Home

आर्थिक पत्रकारको निःशुल्क जीवन बीमा

काठमाडौं, वैशाख २२– नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले २ सय ५४ आर्थिक पत्रकारहरुलाई जनही २ लाख ५० हजारको ‘स्मार्ट जीवन बीमा’ निःशुल्क प्रदान गरेको छ। 

कम्पनीले आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध पत्रकारहरुलाई जनही २ लाख ५० हजार बिमाङ्क रहेको ‘स्र्माट जीवन बीमा’ प्रदान गरेको हो। 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको बजेट आर्थिक पत्रकारहरुको जीवन विमाका लागि खर्च गरिएको कम्पनीले जनाएको छ।

सामाजिक सुरक्षाको क्षेत्रमा सकारात्मक सन्देश दिन पनि आर्थिक पत्रकारहरुको जीवन विमा निःशुल्क गरिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। कम्पनीले ‘स्मार्ट हुनुहोस्, जिम्मेवार बन्नुहोस’् भन्ने मूल नाराका साथ ‘स्मार्ट जीवन बीमा’ योजना अघि सारेको छ।
 


 

More form the Internet

loading...